हावड़ा, 26 मई (हि.स.) हावड़ामा वर्षौंदेखि व्याप्त मैला-कुचैलाको स्थायी समाधानको निम्ति प्रशासनले एक महत्वपूर्ण कदम उठाएको छ। बेलगछिया डम्पिंग यार्डमा गत 21 मार्चको दिन गएको पैह्रोपछि हावड़ा जिल्ला प्रशासनले यस मामिलामा द्रूत गतिमा काम गर्दै एक उपयुक्त वैकल्पिक स्थलको पहिचान गरेको छ। सो जानकारी हावड़ाकी जिल्ला म्याजिस्ट्रेट पी दीप प्रियाले नेशनल ग्रीन ट्रिब्युनलमा दर्ता एक विस्तृत हलफनामामा दिएकी छन्। पहिलो पटक वैकल्पिक फोहोर निस्तारण स्थल खोज्ने निर्देश दिइएको 22 वर्षपछि हावड़ाको पुरानो तथा गम्भीर फोहोर समस्याको अस्थायी समाधान हुने आशा सरकारले गरिरहेको छ। तथापि उक्त स्थलको नाम अहिलेसम्म उजागार नगरिएको भए पनि प्रशासन अनि वातावरण संरक्षणसित सम्बन्धित मानिसहरूमा यस निर्णयले आशाका नयाँ किरणहरू छरिदिएको छ।
स्मरण गराइन्छ, बेलगाछियास्थित डम्पिंग यार्डमा मैला-कुचालाको थुप्रोले गर्दा पैह्रो गएर धेरैवटा घर अनि सड़क क्षतिग्रस्त भएको थियो। योस दुर्घटना वर्षौंदेखि थुप्रिएको 150 मीटर अग्लो मैला-कुचैलाको पर्वतले गर्दा भएको थियो। उक्त घटनादेखि नै प्रशासनले द्रूत गतिमा यस दिशामा कारबाही शुरू गर्दै वैकल्पिक समाधानको दिशामा एक महत्वपूर्ण कदम उठायो।
पर्यावरण कार्यकर्ता सुभाष दत्ता जसले तीन दशकदेखिको यस मुद्दामा कार्य गरिरहेका छन्- ले भने, उच्च अदालतले पहिलो पटक वर्ष 2003-मा अनि फेरि 2008-मा वैकल्पिक डम्पिंग स्थल खोज्ने निर्देश दिएको थियो। यसबीच हावड़ा शहरको दायरा द्रूत गतिमा बढ़्यो अनि डम्पिंग स्थलको एउटा ठूलो भाग अतिक्रमणको चपेटमा पऱ्यो। अब एउटा उपयुक्त स्थान भेटिएको समयमा आशा गर्न सकिन्छ कि यो समाधान स्थायी साबित हुनेछ।
हलफनामामा यो पनि भनिएको छ, दुर्घटनापछि प्रशासनले तत्काल व्यापक रूपमा बायो मीनिंग र बायो रिमेडिएशन ज स्तो आधुनिक तकनिकको माध्यमबाट पुरानो मैला-कुचैलाको उपाचर शुरू गरेको छ साथै हावड़ा नगरनिगमले 25 वटै वार्डको घर-घरमा पुगेर भिन्न-भिन्न मैला उठाउने प्रक्रिया शुरू गरेको छ जसबाट ल्याण्डफिलसम्म पुग्ने मैलालाई जतिसक्दो घटाउन सकियोस्। अब यस मामालाको अघिल्लो सुनवाई आगामी 29 मई, 2025-मा निर्धारण गरिएको छ जसमा प्रशासनको प्रगति रिपोर्टमाथि चर्चा गरिनेछ अनि यस दिशामा ठोस कदम उठाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा