समग्र क्षेत्रीय केन्द्र सिक्किमले 2 दिने कार्यक्रमका साथ मानसिक स्वास्थ्य जागरूकता सप्ताह पालन गर्‍यो
समग्र क्षेत्रीय केन्द्र सिक्किमले 2 दिने कार्यक्रमका साथ मानसिक स्वास्थ्य जागरूकता सप्ताह पालन गर्‍यो


गान्तोक, 26 मई (हि.स.)। राष्ट्रिय गति विकलाङ्ग संस्थान (एनआईएलडी) कोलकाता, दिव्याङ्ग व्यक्तिहरूको सशक्तिकरण विभाग (डीईपीडब्ल्यूडी), सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय (एमएसजेई), भारत सरकारको प्रशासनिक नियन्त्र अन्तर्गत समग्र क्षेत्रीय केन्द्र (सीआरसी) सिक्किमले जिल्ला अस्पताल नाम्चीको सहयोगमा 22-23 मई, 2025 मा 2 दिवसीय मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम आयोजना गरेर मानसिक स्वास्थ्य जागरूकता सप्ताह मनायो।

जिल्ला अस्पताल नाम्चीमा आयोजित कार्यक्रमको उद्देश्य मानसिक स्वास्थ्य समस्याहरूको बारेमा जागरूकता फैलाउनु र हितधारकहरूबीच सहयोगात्मक प्रयासहरूलाई प्रवर्द्धन गर्नु थियो। जिल्ला अस्पताल नाम्चीका उपस्थित विशिष्ट व्यक्तिहरूमा निम्नलिखित सामेल थिए: मुख्य अतिथिका रूपमा उपस्थित मुख्य चिकित्सा अधिकारी डा. एस. एन. अधिकारी, नोडल अधिकारी डा. उर्गेन र जिल्ला चिकित्सा अधीक्षक डा. राज सिंह सहित सीआरसी सिक्किमका निर्देशक पुष्पाञ्जली गुप्ता रहेका थिए।

जिल्ला अस्पताल नाम्चीकी मनोचिकित्सक डा. छिपेल इडेन, सीआरसी सिक्किमकी विशेष शिक्षिका फरनाश बेगम र जिल्ला अस्पताल नाम्चीकी नैदानिक मनोवैज्ञानिक दिव्येश्वरी राई लगायतका स्रोतवक्ताहरूले मानसिक स्वास्थ्य समस्याहरूमा आफ्नो विशेषज्ञता साझा गरे।

डा. अधिकारीले आफ्नो परिसरमा यस प्रकारको महत्त्वपूर्ण कार्यक्रम आयोजनका लागि सीआरसी सिक्किमलाई धन्यवाद दिए, जबकि डा. उर्गेनले जिल्लामा मानसिक स्वास्थ्य समस्याहरूसँग व्यवहार गर्न मनोचिकित्सक, नैदानिक मनोवैज्ञानिक र पुनर्वास पेशेवरहरूबीचको सहयोगी प्रयासको महत्त्वमाथि जोड दिए। डा. राज सिंहले मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न परिवारका सदस्य र समाजबीच सञ्चार र अन्तरक्रियाको महत्त्वमाथि जोड दिए, जुन आधुनिक समयमा अधिक जीवनशैलीमा आधारित छन्।

सीआरसी सिक्किमकी निर्देशक पुष्पाञ्जली गुप्ताले माता-पिताका लागि परामर्श कार्यक्रम, सामान्य शिक्षकहरूको लागि विकलाङ्गता उन्मुखीकरण कार्यक्रम, आवश्यकतामा आधारित सहायक उपकरणहरूको प्रावधान र सम्बन्धित मुद्दाहरूमा अन्य हितधारकहरूको माध्यमद्वारा विकलाङ्ग व्यक्तिहरूलाई सेवा प्रदान गर्न राज्य सरकारलाई सहजीकरण गर्ने सीआरसीको प्रतिबद्धता दोहोर्‍याइन्।

सीआरसी निर्देशकले मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न स्क्रिनिङ, हस्तक्षेप, मूल्याङ्कन, प्रमाणीकरण र पुनर्वासको महत्त्वमाथि प्रकाश पारिन्। उनले जिल्ला अस्पताल र सीआरसी सिक्किमबीचको सहकार्यको माध्यमद्वारा यी क्षेत्रहरूलाई मजबुत बनाउने आवश्यकतामाथि पनि जोड दिइन्।

रोहन अगावाने, आईएएस, डीएम पाकिमको नेतृत्वमा जिल्ला प्रशासन, पाकिमको सहयोगमा पाकिम जिल्लामा सीआरसी सिक्किमद्वारा हालैमा आयोजित पर्पल फेस्टको बारेमा बोल्दै, गुप्ताले भनिन्, “दिव्यांगजनको प्रतिभालाई प्रदर्शित गर्ने पर्पल फेस्ट एउटा कोसेढुङ्गा थियो र आफ्नो प्रकारको पहिलो थियो। यसले सिक्किमको दिव्याङ्गजन आबादीको आत्मसम्मान र आत्मविश्वासलाई ठूलो मात्रामा बढाएको छ र उनीहरूको समावेशीकरणतर्फको ठूलो कदम पनि हो।”

आफ्नो स्वागत भाषणमा गुप्ताले सीआरसी सिक्किमका गतिविधिहरू आयोजना गर्न मञ्च प्रदान गरेकोमा राष्ट्रिय गति विकलाङ्ग संस्थान, एनआईएलडी कोलकाताका निर्देशक डा. ललित नारायणलाई धन्यवाद दिइन्।

यो कार्यक्रम भारत सरकारको सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालय (डीईपीडब्ल्यूटी) को दिव्याङ्ग व्यक्तिहरूको सशक्तिकरण विभाग (एमएसजेई) को जागरूकता सिर्जना र प्रचार योजना अन्तर्गत आयोजना गरिएको थियो।

कार्यक्रममा डा. इडेनद्वारा “मानसिक स्वास्थ्य समस्याहरूको प्रबन्धन’ माथि पावर पोइन्ट प्रस्तुतीकरण सामेल थियो र त्यसपछि सहभागीहरूसँग फलदायी अन्तरक्रिया गरिएको थियो। नाम्चीका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्रका सल्लाहकारहरू, जसमा राभाङ्लाकी बिनिता शर्मा, याङ्याङकी मञ्जना लिम्बू, बर्मेककी जीना तामाङ र नामथाङका सञ्जय विश्वकर्मा लगायत जिल्ला अस्पताल नाम्चीका नर्सिङ कर्मचारीहरू उपस्थित थिए।

कार्यक्रमको समापन सीआरसी सिक्किमकी विशेष शिक्षिका फरनास बेगमले धन्यवाद ज्ञापन गर्दै गरिन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande