असमका मुख्यमन्त्रीले केन्द्रिय कोइला एवं खान मन्त्रीसित गरे भेट, खान विस्तार एवं नयाँ खनिजहरूको माग
असमका मुख्यमन्त्रीले केन्द्रिय कोइला एवं खान मन्त्रीसित गरे भेट, खान विस्तार एवं नयाँ खनिजहरूको माग


गुवाहाटी/नयाँ दिल्ली, 27 मई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार केन्द्रिय कोइला एवं खान मन्त्री जी किशन रेड्डीसित भेट गरी राज्यमा कोइला खननकोविस्तार अनि नयाँ खनिजहरूको निष्कर्षणको माग गरे।

शास्त्री भवनस्थित मन्त्री कार्यालयमा भएको बैठकमा मुख्यमन्त्रीले राज्यमा प्रस्तावित ताप विद्युत संयन्त्रहरूको लागि निर्बाध कोइला आपूर्ति श्रृंखला बनाउने आवश्यकतामाथि बल दिए। साथै उनले मार्घेरिटा कोइला खदानमा परिचालन विस्तार गरी असमको कोइलाबाट आय बढ़ाउने अपील गरे।

केन्द्रिय मन्त्री रेड्डीले आश्वस्त पारे, असमका आवश्यकताहरूलाई ध्यानमा राख्दै कोइला एवं खान क्षेत्रमा सहयोगलाई मजबुत गरिनेछ। मुख्यमन्त्री कार्यालयले एक्स (पूर्वमा ट्विटर)-मा जानकारी गराउँदै भन्यो, बैठकको उद्देश्य असमको खनिज सम्भावनाहरूको दोहन अनि खान क्षेत्रमा सहयोगलाई बढ़ाउनु थियो।

कोइला तथा खान मन्त्रालयका अधिकारीहरूले बताए, हालैमा आर्थिक मामिलाको मन्त्रीमण्डलीय समिति (सीसीईए)-ले ‘शक्ति नीति’- मा संशोधनलाई स्वीकृति दिएको छ जसबाट ताप विद्युत संयन्त्रलाई कोइलाको पारदर्शी आवन्टन सुनिश्चित हुनेछ तथा प्रक्रियालाई सरल बनाइनेछ। यो निर्णय देशमा वर्ष 2024-25 मा 1 अरब टनभन्दा अधिक कोइला उत्पादन तथा आपूर्ति गरिएकोको ऐतिहासिक उपलब्धिपछि लिइएको छ।

यस बैठकमा असमका मुख्य सचिव डा. रवि कोटा, मुख्यमन्त्रीका प्रधान सचिव डा. केके द्विवेदी औ असम भवन, नयाँ दिल्लीकी रेजिडेन्ट कमिश्नर कविता पद्मनाभन पनि सामेल थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande