बाँकुड़ा जिल्ला सुधार गृहमा अधिकांश महिलाहरू नै घरेलु हिंसाको मामिलामा थुनिएका छन्
बाँकुड़ा जिल्ला सुधार गृहमा अधिकांश महिलाहरू नै घरेलु हिंसाको मामिलामा थुनिएका छन्


बाँकुड़ा, 27 मई (हि. स.)। राष्ट्रिय महिला आयोगको टीमले मंगलवार बाँकुड़ा जिल्ला सुझार गृहको दौड़ाह गरेर अचम्भको दाबी गरेको छ।

राष्ट्रिय महिला आयोगकी सदस्य अर्चना देवीले बताइन्, बाँकुड़ा जिल्ला सुधार गृहमा 26 जना महिला बन्दीहरू छन्। यी 26 जनामध्ये लगभग 20 जना महिलाहरू घरेलु हिंसाका आरोपी छन्। अधिकांशमाथि नै हत्याको आरोप लागेको छ। सबै आठजना सजाय भोगिरहेका महिला बन्दीहरूमाथि घरेलु हिंसा अनि हत्याको आरोप लागेको छ।

राष्ट्रिय महिला आयोगको दाबी छ, यो आँकड़ाले दर्शाउँछ कि घरेलु हिंसा त्यस बिन्दुमा पुगिरहेको छ जहाँ हत्या समेत भइरहेको छ। महिला आयोगको मान्यता छ, यस सम्बन्धमा पुलिस अनि प्रशासन अझ सक्रिय हुन आवश्यक छ।

वास्तवमा मंगलवार राष्ट्रिय महिला आयोगकी सदस्य अर्चना मजुमदारको नेतृत्वमा एक प्रतिनिधिमण्डलले बाँकुड़ा सुधार गृहमा महिला कैदीहरूको स्थिति अनि आधारभूत ढाँचाको निरीक्षण गऱ्यो। त्यसपछि अर्चना देवीले एकपछि अर्को महिला घरेलु हिंसामा सामेल रहेकोमा चिन्ता व्यक्त गरेको देखियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande