9 जूनदेखि शुरू हुनेछ बंगाल विधानसभाको सत्र, अपरेशन सिन्दूरमाथि हुनेछ चर्चा
9 जूनदेखि शुरू हुनेछ बंगाल विधानसभाको सत्र, अपरेशन सिन्दूरमाथि हुनेछ चर्चा


कोलकाता, 27 मई (हि. स.)। 'अपरेशन सिन्दूर'-माथि अब पश्चिम बंगाल विधानसभामा पनि आधिकारिक चर्चा हुनेछ। विधानसभा अध्यक्ष बिमान ब्यनर्जीले गए सोमवार बताए, आगामी 9 जूनदेखि शुरू भइरहेको सत्रमा यस सैन्य कारबाहीलाई लिएर प्रस्ताव ल्याइनेछ। यो सत्र लगभग दुई सातासम्म चल्नेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले पहिला नै यस मुद्दामाथि संसदमा चर्चा गर्ने माग गरिसकेकी छन्।

बिमान ब्यानर्जीले भने, सेनाको सम्मानमा 'अपरेशन सिन्दूर'- लाई लिएर प्रस्ताव ल्याइँदैछ। यो प्रस्ताव सत्तारूढ़ तृणमूल कंग्रेसको पक्षबाट ल्याइनेछ। यदि पार्टीले पहल गरेन भने उनी स्वयंले आफ्नो विशेषाधिकार प्रयोग गरी यसलाई सदनमा प्रस्तुत गर्नेछन्।

राजनीतिक जगतमा यसलाई लिएर चर्चा भइरहेको छ कि राष्ट्रवादको मुद्दामा भारतीय जनता पार्टीलाई टक्कर दिनको लागि तृणमूल कंग्रेसले कुनै प्रयासलाई बाँकी राख्ने छैन। हिजोआज तृणमूल कंग्रेसद्वारा आयोजना गरिएका ऱ्याली, सभा एवं अभियानहरूमा राष्ट्रवादी भावनालाई उजागार गरिएको छ। अब त्यसलाई विधानसभामा पनि पेश गर्न तयार भएको छ।

विधानसभा अध्यक्ष बिमान ब्यानर्जीले भने, यदि विपक्षले मुर्शिदाबाद हिंसामाथि प्रस्ताव ल्याउँछ भने त्यसपछि नै निर्णय लिइनेछ। उनीहरूले प्रायजसो नै स-सानो मुद्दामा प्रस्ताव ल्याउँछन्, चर्चा चाहन्छन् र अन्तमा मुख्यमन्त्रीको भाषण अवधि वकआउट गर्दछन्।

उल्लेखनीय छ, गत 22 अप्रेलमा जम्मू-कश्मीरको पहलगाममा लश्कर समर्थित आतंकवादी संगठनका चारजना आतंकवादीहरूले 26 जना निहत्था मानिसहरूको हत्या गरिदिएका थिए। आतंकवादीहरूलाई स्थानीय कश्मीरी आतंकवादीले बाटो देखाएको थियो। यस वीभत्स हमलाको जवाफमा भारतीय सेनाले गत 7 मईको राति 'अपरेशन सिन्दूर'-लाई परिणाम दियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande