कोलकाता, 27 मई (हि.स.)। बर्धमान मेडिकल कलेज एवं अस्पतालका डाक्टरहरूको एक टीमले चार घण्टा लामो जटिल सर्जरी गरेर एकजना 18 वर्षीय युवतीको ज्यान बचायो। युवतीको पेटभरि भिन्न-भिन्न आकारको सैकड़ौं 'हाइडाटिड सिस्ट' पाइएको थियो जसलाई सफलतापूर्वक निकालेर अस्पतालले राज्यमा दोस्रो पटक यसप्रकारको दुर्लभ सर्जरीलाई परिणाम दिएको छ।
अस्पताल सूत्र अनुसार केही सातापूर्व बर्धमानकी 18 वर्षीय युवती पेट फुल्लिने, भोक नलाग्ने तथा कमजोरीको समस्या लिएर अस्पतालमा आएकी थिई। शुरूआती जाँचपछि यूएसजी अनि सीटी स्क्यानबाट पत्तो लाग्यो कि उसको पेटभित्र 'हाइडाटिड सिस्ट' नामक परजीवीजनित सिस्ट सम्पूर्ण पेटमा फैलिएको छ।
'हाइडाटिड सिस्ट' आम रूपमा घरेलु पशुहरू जस्तै कुकुर, बाख्रा, भेड़ाबाट फैलिने परजीवी संक्रमण हो। यसको अण्डा वा लार्भा राम्ररी नधोएका काँचो सब्जीहरू जस्तै गाजर, चुकन्दर, शलगम, शलाद आदिको माध्यमबाट शरीरमा प्रवेश गऱ्यो भने त्यो भित्र गएर तरलले भरिएको बबल जस्तै सिस्टमा परिणत हुन्छ। आम रूपमा यो सिस्ट लिभर र फोक्सोमा हुन्छ, तर यस मामिलामा पेटभरि नै फैलिएको देखियो। गत 14 मईमा भएको यस जटिल सर्जरीमा डा. नाजमस सज्जाद जमादार औ डा. कुशल चट्टोपाध्यायको नेतृत्वमा ऐनेस्थीसिया विभागका तीनजना विशेषज्ञहरू क्रमैले डा. सुमन्त घोषमौली, डा. बिकाश विषयी औ डा. सौमेन मण्डलको महत्वपूर्ण भूमिका रह्यो। अपरेशन चार घण्टासम्म चल्यो अनि सैकड़ौंको संख्यामा सिस्ट निकालियो।
हस्पिटलका अधीक्षक डा. तापस घोषले बताए, यस प्रकारको सर्जरी अत्यन्त जोखिमपूर्ण हुन्छ। सानोभन्दा सानो गल्ती पनि ज्यानमारा हुनसक्थ्यो। हाम्रो टीमले दक्षता अनि संयमले काम गऱ्यो। यो राज्यको दोस्रो मामिला हो र बर्धमान मेडिकल कलेजमा पहिलो। रोगी अब जोखिमदेखि बाहिर छन् र दुई-तीन दिनमा जिस्चार्ज दिइनेछ।
डा. जमादारले भने, हाइडाटिड सिस्ट प्रायजसो शरीरको विशेष भागमा हुन्छ। तर यस मामिलामा सिस्ट पेटभरि नै फेलिएको थियो जुन अत्यन्त दुर्लभ र जटिल बन्दै गएको थियो।
डा. कुशल चट्टोपाध्यायले मानिसहरूलाई सतर्क गराउँदै भने, काँचो सब्जीहरू सेवन गर्नपूर्व राम्ररी धुन आवश्यक छ। यो नै संक्रमणको मुख्य माध्यम हो। सानो लापरवाहीको ठूलो मूल्य चुकाउन पर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा