नदियाको कालीगञ्जमा उपचुनाउ 19 जूनमा, तृणमूलले घोषणा गऱ्यो प्रत्याशीको रूपमा अलिफा अहमदको नाम
नदियाको कालीगञ्जमा उपचुनाउ 19 जूनमा, तृणमूलले घोषणा गऱ्यो प्रत्याशीको रूपमा अलिफा अहमदको नाम


-दिवंगत विधायक नासिरुद्दीन अहमदकी छोरीलाई दिइयो टिकट, अन्य दलहरूको सूची बाहिरिन बाँकी

कोलकाता, 27 मई (हि. स.)। नदिया जिल्लाको कालीगञ्ज विधानसभा सीमाट आगामी 19 जूनमा हुने उपचुनाउको लागि तृणमूल कंग्रेसले आफ्नो प्रत्याशीको नाम घोषणा गरेको छ। दिवंगत विधायक नासिरूद्दीन अहमदकी छोरी अलिफा अहमदलाई पार्टीले उम्मेद्वार बनाएको छ। चुनाउ आयोगद्वारा उपचुनाउको तिथि घोषणा गरिएको 48 घण्टाभित्रमै पार्टीले आफ्नो फसेला सार्वजनिक गरेको छ।

पेशाले बीटेक इञ्जीनियर अलिफा अहमद वर्तमानमा एक निजी कम्पनीमा कार्यरत छन्। तथापि राजनीति उनको लागि नयाँ कुरा होइन। उनले आप्ना पिता नासिरूद्दीन अहमदसितै राजनीतिमा कदम राखेकी थिइन् अनि पूर्वमा जिल्ला परिषदकी सदस्य रहिसकेकी छन्। पछिल्लो महिना उनलाई क्षेत्रमा लगातार जनसम्पर्क कार्यक्रममा सक्रिय देखियो जसले गर्दा उनको नामलाई लिएर पहिलाबाटै अड़कल लगाइँदैथ्यो।

कालीगञ्ज सीटको लागि तृणमूलको पक्षबाट अन्य नामहरूको पनि चर्चा भइरहेको थियो जसमा पार्टीका युवा अध्यक्ष मुरशालिन शेख, पञ्चायत समितिकी अध्यक्ष शेफाली खातून तथा जिल्ला परिषदकी सभाधिपति तारन्नुम सुलताना सामेल थिए। तर पार्टी नेतृत्वले अन्ततः अलिफा अहमदमाथि भरोसा गर्दै उनलाई उम्मेद्वार बनाउने निर्णय लिए।

स्मरण गराइन्छ, यस वर्षको गत एक फरवरीमा कालीगञ्जबाट तृणमूल कंग्रेसका विधायक नासिरूद्दीन अहमदको निधन भएको थियो। उनको निधन भएको तीन महिनापछि चुनाउ आयोगले उपचुनाउको तिथि घोषणा गरेको थियो। अन्य राजनीतिक दलहरूको पक्षबाट अहिलेसम्म कुनै पनि उम्मेद्वारको नाम घोषणा गरिएको छैन।

अब सबैको नजर यसमाथि अड़िएको छ कि अलिफा अहमदले पिताको विरासतलाई कसरी अगाड़ि बढ़ाउनेछन् र उनी मतदाताहरूको विश्वास पुनः जित्न सफल हुनेछन् कि छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande