दिल्ली सरकारले दिनेछ सिख दंगा पीड़ित 125 जनालाई सरकारी नोकरी, 19 जनालाई वितरण गरियो नियुक्ति पत्र
दिल्ली सरकारले दिनेछ सिख दंगा पीड़ित 125 जनालाई सरकारी नोकरी, 19 जनालाई वितरण गरियो नियुक्ति पत्र


नयाँ दिल्ली, 27 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वाधिन दिल्ली सरकारले 1984 सालको सिख दंगाका 125 जना पीड़ितहरूलाई सरकारी नोकरी दिरहेको छ। यिनीहरूमध्ये 19 जनालाई आज दिल्ली सचिवालयमा मुख्यमन्त्री रेखा गुप्ताले नियुक्ति पत्र सुम्पिइन्। यस अवसरमा दिल्ली सरकारका मन्त्री मनजिन्दर सिंह सिरसा पनि उपस्थित थिए।

नियुक्ति पत्र वितरण गरेपछि मुख्यमन्त्री रेखा गुप्ताले पत्रकारहरूसित बातचित गर्दै आरोप लगाइन्, पछिल्लो सरकारले सिख पीड़ितहरूको लागि केही गरेन। उनले भनिन्, 1984 सालका दंगा पीड़ितहरूलाई कंग्रेस अनि आम आदमी पार्टीले कहिल्यै पनि अधिकार दिएन। पछिल्ला सरकारहरूले पीड़ितहरूलाई कुनै प्रकारको सहयोग गरेनन्। उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको कारणले नै पीड़ित सिखहरूलाई सहायता राशि प्राप्त भएको छ।

गुप्ताले भनिन्, प्रधानमन्त्री मोदीको मार्गदर्शनमा दिल्ली सरकार पीड़ित सिख परिवारहरूको साथमा छ। दिल्ली सरकारले पीड़ित सिख परिवारहरूका 125 जना सदस्यहरूलाई नोकरी दिरहेको छ।

अर्कोतिर कोभिड-19 को स्थिति अनि तयारीहरूलाई लिएर मुख्यमन्त्री गुप्ताले भनिन्, तत्काल कुनै चिन्ताजनक स्थिति छैन। कोभिड-19 को नयाँ भेरिएन्टमा अहिलेसम्ममा रूघा, खोकी जस्तो एक मौसमी भाइरस देखिएको छ। दिल्लीका मानिसहरूले चिन्ता गर्नुपर्ने आवश्यकता छैन। सरकारले अस्पतालहरूलाई स्वास्थ्य सल्लाह पठाएको छ। यो एक सतर्क कदम हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande