सिलगढ़ी, 27 मई (हि. स.)। एनजेपी थाना अन्तर्गत रेलयार्डमा कथित रूपमा एकजना 14 वर्षीय नाबालिक किशोरीसित बलजफ्ती दुष्कर्म भएको घटना मंगलवार प्रकाशमा आएको छ। आरोपीको नाम नयन बर्मन रहेको बताइएको छ जो फुलबाड़ी-2 को हतियाडांगा क्षेत्रमा बस्छ। आरोपी नयन बर्मन नाबालिकका पिताको साथी हो। दुवै परिवार नियमित रूपमा एका-अर्काको घरमा आउ-जाउ गर्ने गर्दथे।
भनिन्छ, नाबालिक सोमवार एनजेपीस्थित आफ्नो घरमा एक्लै थिई। उसकी आमाले घरेलु काम गर्दछन्। त्यसैले तिनी दिनभरि घरमा हुँदिन। यसको फाइदा उठाएर आरोपी नयन बर्मन गए सोमवार नाबालिकको घरमा पुग्यो अनि नाबालिकलाई आफ्नो आमा भए ठाउँमा आफूलाई पुऱ्याइदिन भन्यो। नाबालिकले अस्वीकार गर्दा-गर्दै पनि आरोपीले बलजफ्ती उसलाई टोटोमा लिएर गयो। त्यसपछि आरोपीले नाबालिकलाई फकाई-फुस्लाई डीएस कलोनी रेलयार्डस्थित एउटा खाली रेलको बोगीमा लगेर उसित दुष्कर्म गऱ्यो। पछि आरोपीले नाबालिकलाई यो कुरा कसैलाई भन्यो भने मारिदिने धम्की दिएर त्यहाँबाट भाग्यो। घटनापछि पीड़िता त्यहाँबाट आफ्नो घरमा पुगी अनि आफ्नी आमालाई सबै कुरा बताई। त्यसपछि पीड़िताको परिवारको पक्षबाट एनजेपी थानामा आरोपी विरूद्ध सिकायत दर्ता गराइयो। एनजेपी जीआरपीले आरोपीलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा