राँची, 27 मई (हि.स.)। राँचीको म्याकलुस्कीगञ्ज थाना क्षेत्रको धूप बस्तीमा बस्ने रवि लोहरा नामक व्यक्तिले आफ्नी पत्नी र दुईजना नानीहरूको हत्या गरिदियो। तीनैजनाको हत्या गरेपछि आरोपी रविले सुइँकुच्चा ठोकेको छ। जानकारी अनुसार रवि लोहराले सबैभन्दा पहिला आफ्नी 29 वर्षीय पत्नी रेणु देवीको ज्यान लियो, त्यसपछि चार वर्षीय र पाँच वर्षीय दुईजना नानीहरूको ज्यान लियो। स्थानीय मानिसहरूले बताए, रवि आफ्नो ससुरालीमै बस्दै आएको थियो। मंगलवार बिहान सामान्य विवाद हुँदै रविले मसला पिस्ने सलौटोले प्रहार गरी आफ्ना पत्नी र दुई सन्तानको ज्यान लियो।
घटनाको जानकारी पाए लगत्तै म्याकलुस्कीगञ्ज पुलिस घटनास्थलमा पुग्यो अनि सबै शवहरूलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। राँचीका ग्रामीण एसपी सुमित कुमार अग्रवालले बताए, आफ्ना पत्नी र दुई सन्तानको हत्या गरेपछि रवि भागेको छ। उसलाई खोज्न छापामारी गरिँदैछ। घटनाको कारण पत्तो लाग्न सकेको छैन। मामिलाको अनुसन्धान गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा