मुर्शिदाबाद जिल्लामा जमीन कब्जालाई लिएर बबाल, चारजना पक्राउ
मुर्शिदाबाद जिल्लामा जमीन कब्जालाई लिएर बबाल, चारजना पक्राउ


मुर्शिदाबाद, 27 मई (हि.स.)। मुर्शिदाबाद जिल्लाको हरिहरपाड़ा थाना अन्तर्गत नजिदपुर पूर्वपाड़ा क्षेत्रमा गए सोमबार अवेर राती जमान कब्जालाई लिएर दुई पक्षमाझ बम वर्षा अनि गोली चल्यो। यस घटनामा नजीमुद्दीन शेष उपनाम कालु नामक तृणमूल कार्यकर्तालाई गोली लाग्यो। कालुलाई गम्भीर घाइते अवस्थामा पहिला हरिहरपाड़ा ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो।

यहाँ उसको शारीरिक स्थिति झन् बिग्रिन थालेपछि उसलाई मुर्शिदाबाद मेडिकल कलेजमा रेफर गरियो, त्यहाँबाट पनि उसलाई राती नै कोलकाताको एक अस्पतालमा लगियो। हरिहरपाड़ा थानाको पुलिसले मंगलवार बतायो, यस घटनामा अहिलेसम्ममा कालु शेख, रिपोन शेख, मनोहर शाह र नजरुल शेखलाई पक्राउ गरिसकिएको छ।

प्राप्त जानकारी अनुसार जमीन विवादलाई लिएर तृणमूलका दुई गुटबीच केही दिनदेखिको तानातानी चलिरहेको थियो। गए सोमवार राती एक पक्षका मानिसहरूले अर्को पक्षका कालु नामक व्यक्तिको घरमा बमले हमला गरे। बम मात्र नभएर गोली पना चलाइयो। यस घटनामा कालुलाई खुट्टामा गोली लाग्यो।

स्थानीय सूत्र अनुसार क्षेत्रमा जमीनको एक टुक्रालाई कब्जाउने सन्दर्भमा लामो समयदेखिकै विवाद चलिरहेको थियो। यसै विवादको कारणले गए सोमवार अबेर राती कालुको घरमा हमला भयो। स्थानीय मानिसहरूले बताए, दुवै पक्ष तृणमूल कंग्रेसका कार्यकर्ताहरू हुन्। पुलिसले घाइते कालुको परिवारको सिकायतको आधारमा चारजना मानिसहरूलाई पक्राउ गरेको छ। तनाउको कारणले क्षेत्रमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande