जलपाईगढ़ी, 27 मई (हि.स)। मटियाली ब्लकको जुरन्ती चिया बगानमा वन विभागको खोरभित्र एउटा वयस्क चितुवा फसेको छ। चितुवालाई कैद गर्नको लागि एउटा बाख्रालाई शिकारको रूपमा खोरभित्र बाँधिएको थियो।
भनिन्छ, मंगलवार बिहान स्थानीय मानिसहरूले चुरन्ती चिया बगानको सेक्शन नम्बर-19 मा चितुवाको गर्जन सुने। घटनास्थलमा गएर हेर्दा वन विभागद्वारा राखिएको खोरभित्र चितुवा कैद भइसकेको थियो। त्यसपछि चितुवालाई हेर्नका लागि स्थानीय मानिसहरूको भीड़ एकत्र भयो। घटनाको जानकारी खुनिया स्क्वाडलाई दिइयो। वनकर्मीहरूले घटनास्थलमा पुगेर खोरसितै चितुवालाई आफ्नो कब्जामा लिए। बताइएको छ, चितुवालाई स्वास्थ्य परीक्षणपछि गोरूमारा जंगलमा छोड़िनेछ।
अर्कोतिर स्थानीय मानिसहरूले बताए, पछिल्लो केही दिनदेखिको क्षेत्रमा लगातार चितुवाले आक्रमण गरिरहेको छ। साँझ पर्नसाथ गाउँको बाख्रा, सुँगुर आदिलाई चितुवाले शिकार बनाउँदै आइरहेको थियो। भुक्तभोगी स्थानीय मानिसहरूले वन विभागसित माग गरे अनुसार एक सातापूर्व यहाँ खोर राखिएको थियो। यसरी चितुवा खोरमा थुनिएपछि क्षेत्रवासीले राहत महसूस गरिरहेका छन्। स्मरण गराइन्छ, जुरन्ती चियाबारीमा यसअघि पनि धेरैवटक चितुवाको आक्रमणमा परी श्रमिकहरू घाइते भइसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा