कोलकाता, 27 मई (हि.स.)। कालिगञ्ज विधानसभा उपचुनाउको लागि पश्चिम बंगालको नदिया जिल्लाबाट उम्मेद्वारको घोषणा गरिएपछि अब तृणमूल कंग्रेसको नजर केरलको नीलाम्बर विधानसभा सीटमा परेको छ। पार्टी सूत्र अनुसार तृणमूलले यस सीटबाट आफ्नो प्रत्याशीलाई उम्मेद्वारिता गराउने विषयमा गम्भीर रूपमा विचार गरिरहेको छ। यदि यस्तो भयो भने सम्भावित उम्मेद्वार हुनेछन् पी.वी. अनवर।
पी.वी. अनवर दुई पटकसम्म वाम लोकतान्त्रिक मोर्चा (एलडीएफ)- का उम्मेद्वार रहिसकेका छन्, तर उनले पछिल्लो वर्षको अक्टोबरमा वाम दलहरूसित सम्बन्ध विच्छेद गरेका थिए। अनवरले 'डेमोक्रेटिक मुभमेन्ट अफ केरल' नामक एउटा नयाँ राजनीतिक पार्टी बनाएका थिए जुन पछि तृणमूल कंग्रेसमा विलीन भयो। त्यसपछि उनले विधायक पदबाट पनि राजीनामा दिएका थिए।
एकजना वरिष्ठ बंगालका क्याबिनेट मन्त्रीले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा बताए, “पश्चिम बंगालमा जस्तै केरलमा पनि आगामी वर्ष विधानसभा चुनाउ हुन गइरहेको छ। यस स्थितिमा नीलाम्बर सीटमा आगामी महिना हुने उपचुनाउ हाम्रो लागि एक महत्वपूर्ण अवसर हुनसक्छ। यसबाट हामीलाई यो बुझ्न सहयोग मिल्नेछ कि तृणमूल कंग्रेस केरलका केही सीटहरूबाट चुनाउ लड़्ने स्थितिमा छ कि छैन! यसै रणनीतिक सोच अन्तर्गत नीलाम्बरबाट अनवरलाई पार्टीको अऩुहार बनाउनेमाथि चरिचा भइरहेको छ। तथापि अन्तिम फसेला मुख्यमन्त्री ममता ब्यनर्जीले नै लिनेछन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा