होजाई (असम), 27 मई (हि.स.)। लामडिंगमा एक दुःखदायी दुर्घटना भएको छ जहाँ मन्दिरमा बिजुली जड़ान गर्ने क्रममा करेन्ट लागेर एक जना व्यक्तिको मृत्यु भयो। मृतकको पहिचान 45 वर्षीय बापन दासको रूपमा भएको छ।
पुलिसद्वारा मंगलवार दिइएको जानकारी मुताविक बापन दासले एउटा मन्दिरमा बिजुली जड़ान गर्ने प्रयास गरिरहेका थिए, अचानक उनी करेन्टको चपेटमा परे। गम्भीर अवस्थामा उनलाी डा. श्यामा प्रसाद मुखर्जी उपमण्डलीय सिभिल अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।
बापन दास उत्तर लामडिंगको झुलनपुल क्षेत्रका निवासी थिए। उनको असमय मृत्युको कारणले क्षेत्रमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा