हुगली, 27 मई (हि.स.)। हुगली जिल्लाको पोलबा राजहाट झांपा क्षेत्रस्थित दिल्ली रोडमा मंगलवार भएको सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो भने एकजना घाइते भए।
जानकारी अनुसार उमेश मुदलिया नामक युवकले द्रूत गतिमा बाइक चलाइरहेका थिए। सड़क पार गरिरहेका एकजना व्यक्तिलाई अचानक सड़कमा देखियो। बाइक चालकले नियन्त्रण गुमायो अनि उक्त व्यक्तिलाई ठक्कर दियो। बाइक सवार पनि सड़कमा लड़्यो। हेलमेट नलगाएकोले उमेशको टाउकोमा चोट लाग्यो। घटनास्थलमै उसको नाक र मुखबाट रगत बग्नथाल्यो। पोलबा थानाको पुलिसले घाइतेहरूलाई चुँचुड़ा इमामबाड़ा जिल्ला अस्पतालमा पुऱ्यायो, तर डाक्टरहरूले पैदल यात्रीलाई मृत घोषित गरिदिए।
सूत्र अनुसार घाइते उमेश मुदलियाको घर ब्याण्डेलको बालिकाटा क्षेत्रमा छ। पुलिसले परिवारलाई सूचित गरिदिएको छ। उसलाई चुँचुड़ा इमामबाड़ा जिल्ला अस्पतालदेखि कोलकाताको एक निजी अस्पतालमा स्थानान्तरण गरिएको छ। उसको अवस्था गम्भीर छ। यो समाचार लेखुञ्जेलसम्म मृत व्यक्तिको पहिचान हुन सकेको थिएऩ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा