90 ग्राम ब्राउन शुगर सहित तस्कर पुलिसको कब्जामा
90 ग्राम ब्राउन शुगर सहित तस्कर पुलिसको कब्जामा


सिलगढ़ी, 27 मई (हि.स)। नक्सलबाड़ी थानाको पुलिसले 90 ग्राम ब्राउन शुगर सहित एकजना तस्करलाई पक्राउ गरेको छ। तस्करको पहिचान नक्सलबाड़ीको शान्तिनगर निवासी सुदीप राय (29)-को रूपमा भएको छ।

सूत्र अनुसार गुप्त सूचनाको आधारमा गए सोमवार अबेर राती नक्सलबाड़ी थानाको पुलिसले शान्तिनगर क्षेत्रमा अभियान संचालन गरी सुदीपलाई उसको घर अगाड़ीबाटै समात्यो। जाँच गर्दा उसको बाइकबाट 90 ग्राम ब्राउन शुगर भेटियो। त्यसपछि नक्सलबाड़ी थानाको पुलिसले सुदीपलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी पक्राउ गऱ्यो। पुलिसले तस्करीमा उपयोग गरिएको आरोपीको बाइकलाई पनि जफ्त गरेको छ।

प्राप्त जानकारी अनुसार आरोपीको हालैमा टुकरिया मोड़मा पक्राउ गरिएका तीजना ड्रग डिलरहरूसित सोझो सम्बन्ध छ। नक्सलबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande