बिष्णुपुर (मणिपुर), 27 मई (हि.स.)। मणिपुर पुलिसले बिष्णुपुर जिल्लाको नचौ पंथोंग क्षेत्रमा कारबाही गर्दै एकजना महिलालाई हेरोइन सहित पक्राउ गरेको छ। पक्रा पर्ने महिलाको पहिचान नजिमा (42, पत्नी मोहम्मद महन्द्दीन, निवासी क्वाक्टा वार्ड नं. 6, जिल्ला बिष्णुपु)- को रूपमा गरिएको छ।
पुलिसले आरोपी महिलाबाट 13 वटा साबुनदानीमा भरेर राखिएको संदिग्ध हेरोइन पाउडर जसको वजन लगभग 152 ग्राम (प्लास्टिक पाउच समेत), दुईवटा मोबाइल ह्याण्डसेट र एउटा आधार कार्ड जफत गरेको छ।
पुलिसले मामिला दर्ता गरी अग्रिम जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा