अररिया 27 मई(हि.स.)। सशस्त्र सीमा बल (एसएसबी)- को 56 औं बटालियन जोगबनी बीओपी जवानहरूले जोगबनी थाना पुलिससित संयुक्त कारबाही गर्दै अमौना गाउँमा प्रतिबन्धित कोडिनयुक्त कफ सिरप, नशालु औषधि एवं भारतीय-नेपाली करेन्सी सहित एकजना युवकलाई पक्राउ गरे।
एसएसबीका जवानहरूले निरीक्षक सुशील कुमार उपाध्यायको नेतृत्वमा जोगबनी थानाका पुलिस अधिकारीहरूसित मिलेर भारत-नेपाल सीमाको पिलर संख्या 179/2 स्थित भारतीय क्षेत्रमा गए सोमवार कारबाही गरे। यस अवधि जोगबनी थाना क्षेत्रको अमौना वार्ड संख्या-20 मा बस्ने 29 वर्षीय उमर फारुख, पिता मो. हासिमलाई 1,454 बोतल कोडिनयुक्त प्रतिबन्धित कफ सिरप, नाइट्राजेपम 10 मिलीग्रामको 42 सय टेबलेट, 17 हजार भारतीय करेन्सी र 8 हजार 965 नेपाली करेन्सीसितै पक्राउ गरियो।
जाँचबुझपछि तस्करलाई जोगबनी थाना पुलिसमा सुम्पिइयो। जोगबनी थानामा मामिला दर्ता गरेपछि तस्करलाई मंगलवार न्यायिक हिरासतमा पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा