अम्बटे चियाबारीको बसेरी गाउँका जीर्णावस्थामा रहेका घरहरुलाई सहयोग प्रदान
अम्बटे चियाबारीको बसेरी गाउँका जीर्णावस्थामा रहेका घरहरुलाई सहयोग प्रदान


खरसाङ, 27 मई (हि.स.)। विगत केही दिनअघि सामाजिक सञ्जालमा खरसाङ खण्ड अन्तर्गत अम्बटे चियाबारीको बसेरी गाउँका केही घरहरु जीर्णावस्थामा रहेको देखा परेपछि आज मंगलवार खरसाङ पञ्चायत समितिद्वारा अम्बटे बसेरी गाउँमा खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री, पाण्डु ग्राम पञ्चायतको प्रधान, अम्बटे लङ्भ्यू पंखाबारी समष्टिका सभासद कल्पना प्रधान, खरसाङ पञ्चायत समिति सदस्यहरु लगायत भागोप्रमो पार्टीका कार्यकर्ताहरुको टोलीले परिभ्रमण गरेर सहयोग गरेका छन्।

यस सहयोग अन्तर्गत प्रथममा राम सुब्बाको घर बनाउनको निम्ति आज 3 बण्डल च्यादर, 10 किबी काठको बटम अनि 5 केजी काँटी प्रदान गरिएको छ। अन्य घरहरुलाई पनि क्रमैले सामग्रीहरु प्रदान गरिने खरसाङ पञ्चायत समितिले आज जीर्णावस्था रहेका घरका मानिसहरुलाई वचन दिएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande