नाम्ची सरकारी महाविद्यालयमा अनन्त थिएटरको शुभारम्भ
नाम्ची सरकारी महाविद्यालयमा अनन्त थिएटरको शुभारम्भ


गान्तोक, 27 मई (हि.स.)। नाम्ची सरकारी महाविद्यालयमा अनन्त थिएटरको शुभारम्भ गरिएको छ। यस अवसरमा मुख्यमन्त्रीका प्रेस सचिव सीपी शर्मा मुख्य अतिथि र साहित्यकार थिरू प्रसाद नेपाल विशिष्ट अतिथि थिए। कार्यक्रममा महाविद्यालयका प्रधानाचार्य र डीन, संकाय सदस्यहरू र विद्यार्थीहरू पनि उपस्थित थिए।

अनन्त थिएटरका संस्थापक एवं सीईओ भूपाल शिवाले प्रोत्साहनको निम्ति महाविद्यालयप्रति कृतज्ञता प्रकट गरे। अनन्त थिएटरका प्रमुख सदस्यहरू आशिष शर्मा (अध्यक्ष), शाहिल तामाङ (महासचिव) र सुमित शर्मा (मुख्य कार्यक्रम समन्वयक) रहेका छन्।

कार्यक्रममा नृत्य, कविता र मानसिक स्वास्थ्य सम्बन्धी नाटकमा जीवन्त प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो, जसले व्यापक प्रशंसा बटुल्ने सफल बन्यो। यस कार्यक्रमले क्षेत्रमा प्रभावकारी, युवा-सञ्चालित रंगमञ्चको लागि आधार तयार गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande