कोलकाता, 27 मई (हि.स.)। कोलकाताको सल्टलेकस्थित स्वास्थ्य भवनलाई लिएर लगातार दोस्रो दिन आईईडी विस्फोट गर्ने धम्की प्राप्त भएको छ। मंगलवार पनि एकजना वरिष्ठ स्वास्थ्य अधिकारीलाई पठाएको ई-मेलमा दाबी गरिएको छ, भवनमा आरडीएक्स बम राखिएको छ जुन साँझ 5 बजेसम्ममा विस्फोट हुनेछ।
जानकारी पाउनसाथ बिधान नगर पुलिसकोएक टीम घटनास्थलमा पुग्यो अनि सम्पूर्ण भवनको गहन जाँच शुरू गऱ्यो। सुरक्षाको दृष्टिले सम्पूर्ण परिसरमा सतर्कता बढ़ाइएको छ भने भवनमा उपस्थित कर्मचारीहरूलाई पनि अलर्ट गरिएको छ।
स्मरण गराइन्छ, गए सोमवार पनि यस्तै धम्कीपूर्ण ई-मेल एकजना वरिष्ठ अधिकारीलाई पठाइएको थियो। त्यस मेलमा लेखिएको थियो, 30 मिनटभित्रमा चारवटा आईईडी विस्फोटको माध्यमबाट सम्पूर्ण स्वास्थ्य भवनलाई उडा़इनेछ। त्यसबेला पनि पुलिसले तत्काल खोजी अभियान संचालन गरेको थियो, तर केही पनि संदिग्ध नभेटिएपछि धम्कीलाई नक्कली घोषित गरी भवनको सुरक्षालाई अझ बढ़ाइएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा