फ्रेण्ड्स फर्एवर स्पोर्टिङ क्लबद्वारा रक्तदान शिविर आयोजित
फ्रेण्ड्स फर्एवर स्पोर्टिङ क्लबद्वारा रक्तदान शिविर आयोजित


गान्तोक, 27 मई (हि.स.)। फ्रेण्ड्स फर्एवर स्पोर्टिङ क्लबका सदस्यहरूले आज सोच्यागाङस्थित एसटीएनएम अस्पताल परिसरमा रक्तदान शिविर आयोजन गऱ्यो। सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठको अवसरमा आयोजित रक्तदान शिविरमा 12 जनाले स्वेच्छापूर्वक रक्तदान गरे।

क्लबका सल्लाहकार केशर कुमार खतिवडाले रक्तदान शिविर आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पारे। उनले रक्तदान सबैभन्दा महान दान रहेको बताउॅंदै कसैलाई खॉंचो पर्दा अस्पतालमा खूनको कमि नहोस् भन्ने ध्येयले रक्तदान शिविर आयोजना गरिएको बताए। ब्लड ब्याङ्कको तर्फबाट क्लबलाई यस महान कार्यको निम्ति प्रशंसा पत्र प्रदान गरेर सम्मानित गरिएको छ।

रक्तदाताहरूमा रिन्जिङ छोडा शेर्पा, केशर कुमार खतिवडा, मनोज गुरुङ, सोनाम छोडा भोटिया, मबिन छेत्री, मंगल लिम्बू, दावा लेप्चा, पदाङ नामग्याल भोटिया, अर्जुन खतिवडा, भीम लिम्बू, पेम्बा भोटिया र तेन्जिङ छेडुप भोटिया सामेल थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande