पाकिम, 27 मई (हि.स.)। सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद आज सिक्किम आइपुगेका छन्। उनी आगामी 29 मईका दिन राजधानीमा आयोजन हुन लागिरहेको कार्यक्रममा भाग लिन सिक्किम आएका हुन्। पूर्व राज्यपाल प्रसादलाई आज रम्फूस्थित पर्यटक सुविधा केन्द्रमा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाए।
उल्लेखनीय छ, आगामी 29 मईका दिन राजधानीको पाल्जोर स्टेडियममा एक भव्य कार्यक्रम आयोजना भइरहेको छ, जसमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष उपस्थिति रहनेछ। सिक्किमले राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा वर्षव्यापी कार्यक्रम आयोजना गरिरहेको छ। सोही अनुरुप आगामी 29 मईका दिन कार्यक्रम आयोजना भइरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल