कछार (असम), 26 मई (हि.स.)। मादक पदार्थहरूको तस्करी विरोधी कारबाही गर्दै सुरक्षा बलहरूले मंगलवार 684 ग्राम हेरोइन सहित एकजना व्यक्तिलाई पक्राउ गरे।
विशेष गुप्त सूचनाको आधारमा कछार पुलिस, एआरएफआईयू औ 38 असम राइफल्सले कछुदाराम थाना क्षेत्र अन्तर्गत मोहनखालमा मादक पदार्थहरूको अवैध तस्करीविरूद्ध संयुक्त अभियान संचालन गरे। यस अभियान अवधि एकजना व्यक्तिलाई पक्राउ गरिएको छ जसको पहिचान मांगखोलुम मार (30)- को रूपमा भएको छ।
गहन जाँचमा पुलिस टीमले उसको कब्जाबाट 56 वटा साबुनका डब्बाहरूमा राखिएको संदिग्ध हेरोइन जफ्त गऱ्यो जसको वजन 684 ग्राम रहेको छ। यस अतिरिक्त तस्करको कब्जाबाट एउटा फ्याक्ट्री निर्मित .32 पेस्तोल र 19 वटा जिउँदो कारतूस पनि जफ्त गरिएको छ।
जफ्त गरिएको हेराेइनको कालो बजारमा अनुमानित मूल्य लगभग 3.5 करोड़ रुपियाँ रहेको बताइेको छ। जफ्तीको कारबाही स्वतन्त्र साक्षीहरूको उपस्थितिमा कानूनसम्मत ढंगमा गरियो। ड्रग डिटेक्शन किटबाट जाँच गर्दा जफ्त गरिएको पदार्थ हेरोइन रहेको थाहा लाग्यो। यस मामिलामा अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा