नाबालिगमाथि यौन दुर्व्यवहार, आरोपी पक्राउ
नाबालिगमाथि यौन दुर्व्यवहार, आरोपी पक्राउ


गान्तोक, 27 मई (हि.स.)। पाकिम थाना क्षेत्रमा एउटी 13 वर्षीया नाबालिगमाथि यौन दुर्व्यवहार भएको मामिला प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाएको छ।

पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, नाबालिग पीडितले 26 मईका दिन आफूमाथि भएको यौन दुर्व्यवहारको सन्दर्भमा लिखित रूपमा शिकायत दर्ता गरेकी छिन्। उनले आरोपी खिड़कीबाट कोठाभित्र प्रवेश गरेर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। उनले होहल्ला गरेर छेवैको कोठामा सुतिरहेका उनका पितालाई जगाएकी थिइन्।

रम्फू पुलिसले 24 वर्षीय आरोपी व्यक्ति विरुद्ध पोक्सो अधिनियम, 2012 र बीएनएस 2023 को धारा 331(4)(5) मामिला दर्ता गरेर घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ। पीडित नाबालिगको चिकित्सा जॉंचपछि उनलाई उनका अभिभावकहरूलाई सुम्पिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande