पोलबामा चोरहरूको आतंक, दुई दिनमा चोरीका दुईवटा घटना
पोलबामा चोरहरूको आतंक, दुई दिनमा चोरीका दुईवटा घटना


हुगली, 27 मई (हि.स.)। हुगली जिल्लाको पोलबामा हिजोआज चोरहरूको आतंक व्याप्त भएको छ। प्राप्त जानकारी अनुसार पोबलाको वीरेन्द्र नगर क्षेत्रमा गत दुई दिनभित्रमा दुईवटा घरमा चोरीको घटना भयो। पुलिसले मामिलाको जाँच गरिरहेकोछ।

स्थानीय सूत्र अनुसार गत आइतवार पोबलाको वीरेन्द्रनगर उत्तरपाड़ामा मोन्टु शसमलको घरमा चोरी भयो। ताला भत्काएर नगद र सुनको गहना चोरेर लग्यो। यसरी नै गए सोमवार राती यसै गाउँका सहदेव प्रधानको घरमा पनि चोरी भयो। घर मालिक र उनको परिवार काली पूजाको लागि पूर्व बर्दवानमा आफन्तको घरमा गएका थिए। मंगलवार बिहान घरमा फर्केर आउँदा घरमा चोरी भइसकेको थियो।

चोरहरूले दुई तले घरभित्र केही अलमिराहरू खोलेर पन्ध्र हजार रुपियाँ नगद, सुन-चाँदीको गहना चोरी गरे। सिकायत प्राप्त भएपछि पोलबा थानाको पुलिस घटनास्थलमा पुगेर जाँच गऱ्यो। ग्रामीणहरू चाहन्छन् कि पुलिसले चोरहरूको गिरोहलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande