नयाँ दिल्ली, 28 मई (हि.स.)। दिल्ली पुलिसले एकजना महिलासित दिल्ली मेट्रोमा नोकरी दिलाउने नाममा 13.21 लाख रुपियाँ ठगी गर्ने चतुर ठगलाई पक्राउ गरेको छ। आरोपीले नक्कली डीएमआरसी ई-मेल आईडीक माध्यमबाट पीड़ितालाई नक्कली नियुक्ति पत्र पठाएर भरोसा दिलायो अनि उबाट लाखौं रुपियाँ हड़प्यो।
पक्रा पर्ने आरोपीको पहिचान सुल्तानपुरी निवासी भूपेन्द्र गुरु (27)- को रूपमा भएको छ। उत्तर-पश्चिम जिल्लाका डीसीपी भीष्म सिंहले बुधवार बताए, मोडल टाउन निवासी एकजना महिलाले सिकायत दर्ता गराएकी थिइन्, एकजना व्यक्तिले आफूलाई दिल्ली मेट्रोमा नोकरी दिलाउने एजेन्ट बताएर 13.21 लाख रुपियाँ ठग्यो। आरोपीले पीड़िताबाट उसको शैक्षणिक प्रमाण पत्र पनि लिएर एउटा नक्कली नियुक्ति पत्र ई-मेलको माध्यमबाट पठाइदियो जसलाई हेर्दा दिल्ली मेट्रोको आधिकारिक ई-मेल जस्तै देखिन्थ्यो।
सिकायतको आधारमा साइबर थाना पुलिसले अनुसन्धान कार्य शुरू गऱ्यो जसमा पत्तो लाग्यो, आरोपी व्हाट्सएपको माध्यमबाट मात्र पीड़िताको सम्पर्कमा थियो र दस्तावेजहरूमा उसले बताएको ठेगाना पनि नक्कली थियो। मोबाइल नम्बर र ठेगानाको कुनै जानकारी थिएन।
तथापि डिजिटल फुटप्रिन्ट्स र तकनिकी विश्लेषणको माध्यमबाट पुलिसले ट्र्याक गरेर सफलतापूर्वक आरोपीलाई पक्राउ गऱ्यो। जाँचबुझमा आरोपीले आफ्नो अपराध स्वीकार गर्दै बतायो, सुख-शैलको जीवन बिताउनको लागि उ सहजै पैसा कमाउन चाहन्थ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा