खिदिरपुरमा महिलासित दुर्व्यवहार तथा सुनको चेन लुटेको आरोप एप-बाइक चालकमाथि, आरोपी भागे
खिदिरपुरमा महिलासित दुर्व्यवहार तथा सुनको चेन लुटेको आरोप एप-बाइक चालकमाथि, आरोपी भागे


कोलकाता, 28 मई (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकातामा एपबाट बुक गरिएको बाइकमा सवार एकजना युवतीसित बाटोमा अश्लिल व्यवहार भएको तथा सुनको चेन लुटेको घटना सामु आएको छ। यो घटना खिदिरपुर तथा रेड रोडको जंक्शनमा भएको हो। पीड़िताले विरोध गर्दा बाइक चालकले कथित रूपमा उमाथि हातपात गरेको अनि उसको चेन थुतेर भाग्यो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

घटनाकी शिकार युवती एकबालपुरकी हुन्। पुलिसले बुधवार बिहान एक बयानमा बताएको छ, युवती कुनै निजी कामले मध्य कोलकाता गइरहेकी थिइन्। यसको लागि उनले आफ्नो घर नजिकैबाट एक एप आधारित बाइक बुक गरेकी थिइन्। युवतीको आरोप छ, बाइकमा बस्नसाथ चालकले उसित अभद्र व्यवहार गर्न शुरू गऱ्यो अनि अश्लील टिप्पणी पनि गऱ्यो। युवतीले बाइकमै यसको विरोध गरिन्।

पुलिसको सिकायतमा युवतीेले बताइन्, बाइक खिदिरपुर औ रेड रोड क्रसिंगमा पुग्दा चालकले अचानक युवतीलाई बाइकबाट उत्रिन भन्यो। यसको कारण सोध्दा दुईमाझ बहस भयो। यस अवधि उसित अश्लील व्यवहार गरियो जसको विरोध गर्दा युवतीलाई धक्का दिएर गलाको चेन लिएर त्यहाँबाट भाग्यो।

युवतीले तत्कालै 100 नम्बर डायल गरेर पुलिसलाई सूचित गरिन्। त्यसपछि हेस्टिंग्स थानाको टीम घटनास्थलमा पुग्यो अनि सिकायत दर्ता गरियो। पुलिसले बतायो, युवतीले दिएको बाइकको नम्बरमा फोन कल गर्दा त्यो नम्बर कुनै चालकको नभएर एक भर्चुअल कम्पनीको रहेको पाइयो जसलाई एप कम्पनीहरूले प्रयोग गर्दछन्।

हाल हेस्टिंग्स थाना पुलिसले एप बाइक सेवा प्रदाता कम्पनीलाई ई-मेल पठाएर आरोपी चालकको वास्तविक मोबाइल नम्बर तथा पहिचान सम्बन्धि जानकारी मागेको छ। पुलिस अधिकारीहरू कम्पनीबाट जवाफ आउने प्रतिक्षामा छन् ताकि अग्रिम कारबाही गर्न सकियोस्।

पुलिसले मामिलालाई गम्भीर रूपमा लिएर चाँड़ै आरोपी चालकलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande