, कोलकाता, 28 मई (हि. स.)। उत्तर बंगालको दुईवटा सीमावर्ती क्षेत्रहरूमा बंगलादेशी नागरिकहरूको अनुप्रवेशको प्रयासलाई सीमा सुरक्षा बल (बीएसएफ)-ले असफल बनाइदियो।
केन्द्रिय अर्धसैनिक बलद्वारा बुधवार अपरान्ह एक बयान जारी गरी उक्त आशयको जानकारी गराइयो। यसमा बताइएको छ, गए मंगलवार राती कुचबिहार जिल्लाको शीतलकुची तथा सिताई सीमाबाट तेह्रजना बंगलादेशी नागरिकहरूले भारतमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गरेका थिए, तर सतर्क बीएसएपका जवानहरूले उनीहरूलाई रोके।
बीएसएफको 78औं बटालियनको पद्मा र सिताई क्याम्पको टीमले घटनास्थलमा पुगेर अनुप्रवेश गर्ने प्रयास गरिरहेका मानिसहरूलाई सीमामै समात्यो। त्यसपछि उनीहरू बंगलादेश फर्किने प्रयास गर्दा बंगलादेशको सीमा सुरक्षा बल बोर्डर गार्ड बंगलादेश (बीजीबी)-ले उनीहरूलाई भित्र जानदेखि रोक्यो। त्यसैले उनीहरू सबै ‘नो म्यान्स ल्याण्ड’ अर्थात भारत र बंगलादेशबीचको सीमापट्टीमा फसेका छन्।
बीएसएफ सूत्र अनुसार सुरक्षा बलले यो सुनिश्चित गर्नको लागि सतर्कतालाई अझ कड़ा बनाएको छ ताकि यिनीहरू भारतमा प्रवेश गर्न नसकुन्। अर्कोतिर बीजीबीले पनि सीमामा निगरानी राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा