मुख्यमन्त्रीले 31 मईमा पेश गर्नेछन् सरकारको रिपोर्ट कार्ड
मुख्यमन्त्रीले 31 मईमा पेश गर्नेछन् सरकारको रिपोर्ट कार्ड


नयाँ दिल्ली, 28 मई (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, दिल्ली सरकारको सय दिन पूरा भएको अवसरमा आगामी 31 मईको दिन जवाहरलाल नेहरू स्टेडियममा दिल्ली सरकारले आफ्नो रिपोर्ट कार्ड पेश गर्नेछ।

उनले बुधवार शालीमार बाग विधानसभा क्षेत्रमा विभिन्न विकास परियोजनाको लोकार्पण गरेपछि पत्रकारहरूसित बातचित गर्दै उक्त जानकारी गराइन्। उनले आज पितमपुरामा नवनिर्मित फुटपाथको पनि उद्घाटन गरिन्। यसको साथै नयाँ सड़क अनि अन्य आधारभूत सुविधाहरूको पनि लोकार्पण मुख्यमन्त्रीद्वारा गरियो।

मुख्यमन्त्रीले भनिन्, सरकारले दिल्लीको विकासको लागि लगातार काम गरिरहेको छ। केन्द्रको कल्याणकारी योजनाहरूलाई दिल्लीमा लागू गरिँदैछ। दिल्लीका मानिसहरूलाई अब डबल इञ्जन सरकारको भरमग्दुर फाइदा प्राप्त भइरहेको छ। दिल्लीको भाजपा सरकारले विकसित दिल्लीसँगसँगै विकसित भारतको दिशामा कार्य गरिरहेको छ।

उनले भनिन्, दिल्लीको विकास र मानिसहरूको कल्याणको मार्गमा अवरोध सृष्टि गर्ने पछिल्लो सरकारको फसेलालाई पल्टाइएको छ। यसबाट कल्याणकारी योजनाहरूको अब सोझै दिल्लीवासीलाई फाइदा पुग्नेछ। दिल्लीवासीले काम गर्ने सरकारलाई सत्ता सुम्पिदिएका छन् र उसले लगातार सबै क्षेत्रमा विकास गरिरहेको छ। यसको प्रभाव पनि दिल्लीमा देखिँदैछ। दिल्ली विकासकको मार्गमा द्रूत गतिमा बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande