नयाँ दिल्ली, 28 मई (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले बुधवार आयोजित जनसुनवाई कार्यक्रममा दिल्लीका नागरिकहरूसित प्रत्यक्ष बातचित गरिन्। जनसुनवाईमा हरेक सिकायत, हरेक सुझाउलाई पूर्ण संवेदनशीलता अनि गम्भीरताले सुनिन्। सम्बन्धित अधिकारीहरूलाई तत्काल एवं प्रभावकारी कारबाही गर्ने निर्देश समेत दिइन्।
मुख्यमन्त्रीले भनिन्, हामी समस्याहरूलाई सुन्ने काम मात्र गर्दैनौं, त्यसको समाधान पनि सुनिश्चित गर्दछौं। हरेक आवाज हाम्रो लागि मूल्यवान र हरेक समस्याको समाधान हाम्रो जिम्मेवारी हो। जनसरोकार नै सुशासनको मूल हो। यसपूर्व मुख्यमन्त्रीले एक्समा पोस्ट गर्दै भारतीय स्वतन्त्रता संग्रामका क्रान्तिकारी एवं स्वाधीनता संग्रामी विनायक दामोदर सावरकरको जयन्तीमा उनलाई नमन गरिन्।
मुख्यमन्त्रीले भनिन्, राष्ट्रको लागि विनायक दामोदर सावरको अखण्ड समर्पण, अदम्य साहस एवं तपस्वी जीवन हामी सबैको लागि कर्तव्य, आत्मबल अनि प्रेरणाको श्रोत हो। उनको विचार र चिन्तनले आज पनि राष्ट्रवादको चेतनालाई प्रज्जवलित गर्दछ। वीर सावरकरलाई शत्-शत् श्रद्धाञ्जलि।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा