फोक्सोमा पिन पसेको थियो, कोलकाता मेडिकल कलेजका डाक्टरहरूले बचाए एघार वर्षीय बालकको ज्यान
फोक्सोमा पिन पसेको थियो, कोलकाता मेडिकल कलेजका डाक्टरहरूले बचाए एघार वर्षीय बालकको ज्यान


कोलकाता, 28 मई (हि.स.)। उत्तर 24 परगनाको स्वरूपनगर निवासी 11 वर्षीय अंकन विश्वासको ज्यान त्यसबेला जोखिममा पऱ्यो जतिबेला उसको फोक्सोमा एउटा बोर्ड पिन फस्यो। छात्तीमा असहनीय पीड़ा अनि लगातार खोकीको समस्या भएपछि परिवारले उसलाई पहिला स्थानीय डाक्टरकहाँ पछि फेरि अस्पतालमा लिएर गए। जाँचमा जे पत्तो लाग्यो, त्यसले डाक्टरलाई पनि अचम्भित तुल्यायो।

बालकको फोक्सोको देब्रे भागमा एउटा धातुको बर्ड पिन फसेको थियो जसले गर्दा उसको फोक्सो सुकेको थियो अनि श्वास-प्रश्वासमा गम्भीर समस्या भइरहेको थियो। अन्ततः कोलकाता मेडिकल कलेजको ईएनटी विभागको टीमले दुई घण्टा लामो जटिल सर्जरी गरेर उसको ज्यान बचायो।

सीटी स्क्यानमा देखियो आश्चर्यचकित पार्ने दृश्य-

बालकका माता-पिता, गौतम विश्वास र साधना देवीले बुधवार बताए, अंकनलाई तीन-चार दिनदेखिको छात्तीमा तीव्र पीड़ा अनि हल्का खोकीको समस्या भएको थियो। पहिला स्थानीय डाक्टरबाट उपचार गराइयो, तर निको भएन। त्यसपछि उसलाई बसिरहाट सरकारी अस्पतालमा लगियो जहाँ एक्स-रेमा डाक्टरहरूले उसको फोक्सोमा पिन जस्तो कुनै वस्तु देखे।

स्थितिको गम्भीरतालाई मध्यनजर गर्द अंकनलाई कोलकाता मेडिकल कलेजमा रेफर गरियो। गत सोमवार भोर बिहान साढ़े तीन बजे उसलाई अस्पतालमा भर्ती गरिएको थियो। ईएनटी विभागका सह-प्राध्यापक डा. दीप्तान्शु मुखोपाध्यायले बताए, हामीकहाँ आइपुग्दा नानीको अवस्था सोचनीय थियो। उसलाई श्वास-्प्रश्वासमा समस्या भइरहेको थियो साथै लगातार खोकी लागिरहेको थियो। सीटी स्क्यानमा उसको देब्रे फोक्सोको नलीमा एउटा धातुको पिन फसेको देखियो।

रिजिड ब्रन्कोस्कोपीबाट निकालियो पिन, जटिल अपरेशन सफल भयो-

चिकित्सकहरू अनुसार धेरै दिनदेखिको पिन फसेको कारणले फोक्सो सामान्य रूपमा फैलिन सकेको थिएन। त्यसैले फोक्सो सुक्दै गइरहेको थियो। अलिकति पनि ढिल्याई नगरी अपरेश गर्ने फसेला लिइयो। सर्जरी टीममा डा. दीप्तांशु मुखोपाध्याय बाहेक सहायक प्राध्यापक डा. बिजन अधिकारी, डा. तनया पाञ्जा तथा पीजीटी डा. शुभ्रज्योति नस्कर सामेल थिए।

ब्रन्कोस्कोपी तकनिकबाट लगभग 2.5 सेन्टीमीटर लामो पिनलाई निकालियो जुन अत्यन्त संवेदनशील स्थानमा फसेको थियो। डा. शुभ्रज्योति नस्करले बताए, पिन निकाल्दा फोक्सोमा सामान्य चोट लागेको भए पनि मंगलवार अबेर साँझ अपरेशन गरेपछि अब बालकलाई पीडियाट्रिक इन्सेन्टिभ केयर यूनिटमा राखिएको छ र उसको स्थिति स्थिर छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande