ड्रग्स सहित तस्कर पुलिसको पञ्जामा
ड्रग्स सहित तस्कर पुलिसको पञ्जामा


गुवाहाटी, 28 मई (हि.स.)। गुवाहाटीको वशिष्ठ एवं जोराबाट पुलिसले संयुक्त अभियान संचालन गरी एकजना ड्रग्स तस्करलाई पक्राउ गरेको छ। पुलिसले बुधवार बतायो, गए राती गुप्त सूचनाको आधारमा वशिष्ठ पुलिस अनि जोराबाट पुलिसद्वारा संचालित संयुक्त अभियानमा जोराबाट पुलिस चौकी क्षेत्र अन्तर्गत आरपी होटलबाट एकजना ड्रग्स तस्करलाई पक्राउ गरियो।

पक्रा पर्ने तस्करको पहिचान गरौमारी निवासी जमाल हक (30)- को रूपमा भएको छ भने आरोपीले गुवाहाटीको 6 माइल क्षेत्रमा भाड़ाको घरमा बसेर ड्रग्सको कारबार गर्दै आइरहेको थियो। आरोपी जमाल हकको कब्जाबाट दुईवटा डब्बामा भरिएको 16.54 ग्राम ड्रग्स जफ्त गरियो। पुलिसले 17 वटा खाली डब्बाहरू पनि जफ्त गरेको छ। यस सिलसिलामा पुलिसले एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी आरोपीसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande