वाहनबाट आठवटा पशु जफ्त, चालक पक्राउ
वाहनबाट आठवटा पशु जफ्त, चालक पक्राउ


जलपाईगुढी, 28 मई (हि. स.)। बेलाकोबा चौकीको पुलिसले तस्करी हुन अगावै एउटा वाहनबाट आठवटा पशुहरूलाई जफ्त गरेको छ। यस मामिलामा वाहन चालकलाई पनि पक्राउ गरिएको छ। पक्रा पर्ने वाहन चालकको पहिचान जलपाईगुड़ी निवासी सन्दीप सरकारको रूपमा भएको छ।

प्राप्त जानकारी अनुसार गए मंगलवार अबेर राती सरकार पाड़ादेखि मन्थनी जाने सड़कमा एउटा मालवाहक वाहनबाट आठवटा पशुहरूलाई जफ्त गरिएको छ। गुप्त सूचनाको आधारमा एउटा सानो मालवाहक वाहनलाई रोकेर जाँच गर्दा यी पशुहरूलाई भेटियो। बेलाकोबा चौकीको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande