पूर्व बर्दवान, 28 मई (हि.स.)। पूर्व बर्दवान जिल्लाको मेमारी थाना अन्तर्गत मेमारी ब्लक- 1 स्थित काशिरा मोड़ काजीपाड़ा क्षेत्रमा बुधवार बिहान एक बुजुर्ग दम्पतिको शव भेटिएको छ। मेमारी थाना पुलिसले घटनास्थलमा पुगेर जाँच गरिरहेको छ। दुवै शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मृत पति-पत्नीको नाम मुस्तफिजुर रहमान(65) र मोमताज परवीन (55) रहेको छ। घरमा पति-पत्नी र छोरा-छोरीहरू बस्थे। मुस्तफिजुरले खेती गर्दथे। उनीहरूको जमीन धेरै छ। छोरा बाहिर काम गर्थ्यो, तर के गर्थ्यो त्यसको जानकारी छैन। तथापि घटना घटेदेखि नै उनीहरू बेपत्ता भएका छन्।
स्थानीय मानिसहरूले बिहान उठ्दा पति-पत्नीलाई रगतपच्छे अवस्थामा सड़कमा भेटे। उनीहरूलाई घरबाट घिसार्दै ल्याएको प्रतीत भइरहेको थियो। किनभने घरदेखि लिएर बाहिर सड़कसम्म चारैतिर रगतै-रगत थियो। स्थानीय मानिसहरूले पुलिसलाई सूचित गरे। पुलिसले घटनास्थलमा पुगेर शवहरूलाई पोस्टमर्टम गर्नको लागि बर्दवान मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।
स्थानीय मानिसहरूले दाबी गरेका छन्, बुजुर्ग दम्पतिको हत्या गरिएको हो। अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि हत्या कसले गरेको हो। पुलिस अधीक्षक सायक दासले पनि घटनास्थलको निरीक्षण भ्रमण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा