जेरक्स पसलमा चलिरहेको थियो नक्कली जन्म प्रमाण पत्र बनाउने धन्दा, पसल मालिक पक्राउ
जेरक्स पसलमा चलिरहेको थियो नक्कली जन्म प्रमाण पत्र बनाउने धन्दा, पसल मालिक पक्राउ


हुगली, 28 मई (हि. स.)। हुगली जिल्लाको चण्डीतला थाना अन्तर्गत गरलगाछा क्षेत्रमा अवस्थित एउटा जेरक्स पसलमा नक्कली जन्म प्रमाण पत्र बनाउने धन्दा चलिरहेको थियो। कतिथ रूपमा पुलिसले जेरक्स पसलका मालिकलाई पक्राउ गरेको छ। यसको साथै चण्डीतला थानाको पुलिसले अर्को एकजना व्यापारीलाई पनि पक्राउ गरी जाँचबुझ गरिरहेको छ।

प्राप्त जानकारी अनुसार चण्डीतलाको बेलडांगा क्षेत्र निवासी आजाद पासवानले आफ्ना तीनजना छोराहरूको जन्म प्रमाण पत्र जेरक्स पसलबाटै बनाएका थिए। गत 23 मईमा आजादकी पत्नी चन्द्रा पासवानले जन्म प्रमाण पत्रलाई डिजिटल बनाउनको लागि चण्डीतला ग्राम पञ्चायतमा आवेदन गरिन्। ग्राम पञ्चायतले जन्म प्रमाण पत्रको जाँच गर्दा पायो कि त्यो नक्कली जन्म प्रमाण पत्र थियो।

प्रमाण पत्रबाट थाहा लाग्यो कि यो वर्ष 2017-मा बनाएको थियो र यसमा 2008 सालका पञ्चायत प्रधानको हस्ताक्षर रहेको थियो जुन नक्कली हस्ताक्षर थियो। त्यसपछि चण्डीतला ग्राम पञ्चायतको पक्षबाट पुलिसमा सिकायत दर्ता गरियो। सिकायत पाएपछि पुलिसले आजाद पासवानलाई पक्राउ गऱ्यो। जाँचबुझपछि जेरक्स पसलका मालिक सौम्यदीप पाञ्जालाई पनि पक्राउ गरियो।

बुधवार पुलिसले बतायो, सम्पूर्ण मामिलाको जाँच गरिँदैछ। पुलिसले यस कुराको जाँच गरिरहेको छ कि अहिलेसम्म कतिवटा नक्कली प्रमाण पत्र बनाइसकेको छ र यस घोटालामा अन्य को-को सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande