बर्खास्त शिक्षकहरू अब प्रधानमन्त्रीसित भेट गर्न चाहन्छन्
बर्खास्त शिक्षकहरू अब प्रधानमन्त्रीसित भेट गर्न चाहन्छन्


कोलकाता, 28 मई (हि.स.)। राज्यमा स्कूल सेवा आयोग (एसएससी)- को भ्रष्टाचारको शिकार भएका बर्खास शिकक्षकहरूको आन्दोलनले रोकिने नाम लिएको छैन। सुप्रीम कोर्टद्वारा नियुक्तिहरूलाई रद्द गरिएपछि अब यी शिक्षकहरूलाई पुनः परीक्षामा बस्ने निर्देश दिइएको छ जसलाई लिएर असन्तुष्टि व्यक्त गर्दै शिक्षकहरूले अब प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्ने चेष्टा गरिरहेका छन्। प्रधानमन्त्री बिहीवार अलिपुरद्वारको भ्रमणमा आइरहेका छन्। शिक्षकहरू चाहन्छन् कि उनीहरू प्रधानमन्त्री समक्ष आफ्नो व्यथा राख्न सकियोस्।

यस मुद्दामा नोकरी गुमाउने शिक्षक चिन्मय मण्डलले भने, अलिपुरद्वारमा प्रधानमन्त्रीको सभा आयोजना भइरहेको छ र यसै अवसरमा हामी उनीसित भेट्ने प्रयास गरिरहेका छौं। हाम्रो प्रतिनिधिमण्डल पहिलाबाटै त्यहाँ छ जसले यो प्रयास गरिरहेको छ, तर प्रधानमन्त्रीसित भेट हुने हो कि होइन अहिलेसम्म तय भएको छैन।

वास्तवमा सुप्रीम कोर्टले शिक्षकहरको नियुक्तिलाई रद्द गर्दै स्पष्ट पारेको थियो, सबैले फेरि परीक्षा दिनुपर्छ। तर शुरूबाट एउटा ठूलो वर्गले यसको विरोध गरिरहेको छ। यस वर्गका शिक्षकहरूले स्पष्ट भनिसकेका छन्, उनीहरू पुनः परीक्षामा बस्ने छैनन्। यस सन्दर्भमा शिक्षकहरूले कैयौं पटक मुख्यमन्त्री ममता ब्यनर्जी अनि शिक्षा मन्त्री ब्रात्य बसुसित पत्राचार गरिसकेका छन्।

मुख्यमन्त्री ममता ब्यनर्जीले पनि हालैमा पत्रकारहरू समक्ष भनेकी थिइन्, हामी कोर्टको आदेशलाई टार्न सक्दैनौं, परीक्षामा बस्नैपर्छ। त्यसपछि अब शिक्षकहरूले प्रधानमन्त्रीसित भेट गर्ने प्रयास गरिरहेका छन्।

अलिपुरद्वारकी एकजना शिक्षिका मौमिता पालले बताइन्, हामी पछिल्लो केही समयदेखिकै प्रधानमन्त्रीसित भेट गर्ने समय मागिरहेका छौं। हामी मात्र पाँच मिनटको समय चाहन्छौं। यसको लागि स्थानीय सांसद, भाजपका जिल्लाध्यक्ष यहाँसम्म कि जिल्लाधिकारीसित पनि सम्पर्क गरिसकेका छौं, तर कुनै पनि पक्षबाट सन्तोषजनक जवाफ आएको छैन।

अब यो हेर्न चाखलाग्दो हुनेछ कि प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूलाई भेट गर्ने समय दिनेछन् कि छैनन्। तर यो चाहिँ निश्चित हो कि राज्यमा एसएससीसित सम्बन्धित विवादलाई लिएर शिक्षकहरूको आक्रोश लगातार बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande