कोलकाता, 28 मई (हि.स.)। मुख्यमन्त्री ममता ब्यनर्जीले आगामी 27 जूनका दिन पश्चिम बंगालको लोकप्रिय पर्यटन स्थल दिघामा रथयात्राको उद्घाटन गर्नेछन्। यस ऐतिहासिक अवसरमा मुख्यमन्त्री स्वयंले भगवान जगन्नाथको रथको डोरी तानेर यात्राको शुभारम्भ गर्नेछन्। यसको साथै रथ प्रस्थान गर्नपूर्व मुख्यमन्त्रीले सुनको झाड़ुले भगवान जगन्नाथको मार्ग सफा गर्नेछन् जुन परम्परागत रूपमा सम्पूर्ण रथ यात्राको अवधिमा हुन्छ।
इस्कन सूत्र अनुसार मुख्यमन्त्रीले आफ्नो व्यक्तिगत निधिबाट बनाएकी स्वर्ण झाड़ुलाई इस्कनलाई भेंट गरेकी छन् जसको उपयोग यस विशेष समारोहमा गरिनेछ। दीघमा यसरी भव्य रूपमा रथ यात्रा आयोजना गरिएको यसपालि पहिलो अवसर हो। जुलूसको निम्ति भगवान जगन्नाथ, बलराम र सुभद्राको लागि भिन्न-भिन्नै रथहरू तयार गरिएको छ जुन मन्दिर परिसरमा सजिएका छन्।
पुरीको परम्परालाई मध्यनजर गर्दै दिघामा पनि तीनवटा रथहरूमा ध्वजा फहराएर भगवानलाई 'छ्यामाको घर'-सम्म लगिनेछ। ओल्ड दिघामा थाना नजिकै अवस्थित प्राचीन जगन्नाथ मन्दिरलाई छ्यामाको घरको रूपमा विकसित गरिएको छ जहाँ तीनै देवता 'उलटोरथ'-सम्म अर्थात सात दिनसम्म विश्राम गर्नेछन्। यस अवधि त्यस स्थलमा मेला पनि आयोजना गरिनेछ।
दिघा जगन्नाथ मन्दिरको संचालनसित सम्बन्धित इस्कन कोलकाताका सह-उपाध्यक्ष राधारमण दासले बुधवार भने, यसपालि दिघामा रथयात्रा अत्यन्त भव्य हुनेछ। मुख्यमन्त्री ममता ब्यनर्जी स्वयंले रथको डोरी तान्नेछन् अनि स्वर्ण झाड़ुले भगवानको मार्ग सफा गर्नेछन्। श्रद्धालुहरूको व्यापक भीड़ रहने सम्भावना छ।
रथयात्रा अवधि सुरक्षाको व्यापक बन्दोबस्त गरिएको छ। जिल्ला प्रशासन अनुसार दिघामा ठूलो संख्यामा पर्यटकहरू आउने आशा छ जसबाट यस आयोजनले राज्यको धार्मिक अनि पर्यटनको मानचित्रमा एउटा नयाँ छाप छोड़्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा