पांशकुड़ा छात्र आत्महत्याकाण्ड- सिभिक भोलन्टियर शुंकर दीक्षित अपदस्थ, चाँड़ै पक्राउ गर्ने परिवारको माग
पांशकुड़ा छात्र आत्महत्याकाण्ड- सिभिक भोलन्टियर शुंकर दीक्षित अपदस्थ, चाँड़ै पक्राउ गर्ने परिवारको माग


कोलकाता, 28 मई (हि.स.) । चिप्स चोरीको झुटो आरोपको कारणले आत्महत्या गर्ने छात्रको मामिलामा पूर्व मेदिनीपुर जिल्ला पुलिस अधीक्षक सौम्यदीप भट्टचार्यले आरोपी सिभिक भोलन्टियर शुभंकर दीक्षितलाई तत्काल सेवामुक गरिदिएको छ। यस मामिलामा आरोपीमाथि आपराधिक मामिला दर्ता भएपछि यो कारबाही गरिेएको हो।

घटना गत 18 मईको हो जतिबेला एकजना नाबालिक छात्रले शुभंकर दीक्षितको पसल अगाड़ि भुइँमा रहेको तीनवटा चिप्सको प्याकेट टिपेको थियो। भनिन्छ, पसलमा कोही पनि थिएन। त्यसपछि शुभंकरले छात्रलाई समातेर उबाट पैसा लिए। प्रत्यक्षदर्शीहरू अनुसार यस घटनालाई देखेर श्यामचरण भुइँया नामक व्यक्तिले नाबालिकलाई उक्साउन थाले।

स्थानीय मानिसहरूको आरोप छ, छात्रकी आमाले पछि छोरालाई शुभंकरको पसल सामु लगेर कुटिन्। यसबाट मानसिक रूपमा चोटिल छात्रले घर फर्किएपछि विष खायो। गत 22 मईमा उसको मृत्यु तमलुक अस्पतालमा भयो।

घटनापछि आक्रोशित भीड़ले शुभकंरको घरमा हमला गऱ्यो। श्यामचरण र शुभंकर दुवैले सुइँकुच्चा ठोके। छात्रकी आमाले पांशकुड़ा थानामा शुभकंर र उसको परिवारका चारजना सदस्यहरूविरूद्ध एफआईआर दर्ता गराएकी छन्।

पुलिस अधीक्षक सौम्यदीप भट्टचार्यले भने, “कुनै पनि व्यक्तिविरूद्ध आपराधिक मामिला दर्ता भने सम्बन्धित व्यक्तिलाई सेवाबाट मुक्त गरिन्छ। त्यसैले शुभकंर दीक्षितलाई डिमोबिलाइज गरिएको छ।”

बुधवार भाजपा विधायकहरूको एक टीम मृतक छात्रको परिवारसित भेट गर्न उनीहरूको घरमा पुगेको छ। मृतकको आफन्तले भने, “हामी चाहन्छौं कि पुलिसले चाँड़ोभन्दा चाँड़ो शुभकंरलाी पक्राउ गरोस्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande