कोलकाता, 28 मई (हि.स.)। बंगालमा मौसमले द्रूत गतिमा आफ्नो स्वरूप परिवर्तन गरिरहेको छ। राज्यभरि नै प्री-मनसुन वर्षा शुरू भएको छ। बुधवारदेखि दक्षिण बंगालका तटीय जिल्लाहरूमा घना वर्षाको सिलसिला शुरू भएको छ जुन बिहीवार र शुक्रवार झन् तीव्र हुनेछ। मौसम विभागले राज्यका लगभग सबै जिल्लाहरूमा तीव्र हुरी सहित वर्षा हुने चेताउनी दिएको छ। समुद्र अशान्त भएको आशंका व्यक्त गरिँदैछ जसकारण मछुआराहरूलाई समुद्रमा जानदेखि रोक लगाइएको छ।
मौसम विभाग अनुसार बंगालको खाड़ीमा निर्मित निम्न दबाव आगामी 24 घण्टामा अझ शक्तिशाली भएर ‘गम्भीर निम्न दबाव’-मा परिणत हुने सम्भावना छ। यो हाल उत्तर तर्फ बढ़िरहेको छ, तर यसको गति मन्द रहेको छ। यसको दक्षिण तर्फ झुकाउ बढ़ी छ जसको प्रभावले दक्षिण बंगालमा लगातार पानी पर्ने सम्भावना देखिन्छ।
कोलकाता समेत राज्यका केही जिल्लाहरूमा घनाभन्दा घना वर्षा हुने पूर्वानुमान लगाइएको छ। उत्तर बंगालका पार्वतीय क्षेत्रहरूमा पैह्रो जाने चेताउनी दिइएको छ भने तल्लो क्षेत्रमा जलमग्न अनि बाढ़ीको स्थिति उत्पन्न हुनसक्छ। विशेष सप्ताहन्तसम्म नदीको जलस्तर बढ़्ने तथा शहरहरू जलमग्न हुनसक्छ।
उत्तर बंगालमा आगामी दुई दिनमा मनसुन प्रवेश गर्ने सम्भावना छ। तर बुधवारको लागि त्यस्तो चेताउनीको घोषणा गरिएको छैन। सामान्यदेखि मध्यम वर्षा अनि तूफान आउने सम्भावना मात्र व्यक्त गरिएको छ। बिहीवारदेखि उत्तर दिनाजपुर र कुचबिहार जिल्लामा घनाभन्दा घना वर्षा हुनसक्छ। यी क्षेत्रहरूमा कुनै ठाउँमा 200 मिलीमीटरसम्म वर्षा हुने आशंका छ। दार्जीलिङदेखि मालदासम्मका सबै जिल्लाहरूको लागि घना वर्षाको चेताउनी जारी गरिएको छ।
यसको साथै मौसम विभागले यो पनि बताएको छ, आगामी दुई-तीन दिनभित्रमा मनसुन पूर्वोत्तर भारतका बाँकी भागहरू तथा पश्चिम-मध्य बंगालको खाड़ीसम्म पुग्नसक्छ। यस अवधि मानसुनले सिक्किममा पनि प्रवेश गर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा