सियांग अप्पर डेमको लागि प्री-फिजिबिलिटी रिपोर्टमाथि विरोध
सियांग अप्पर डेमको लागि प्री-फिजिबिलिटी रिपोर्टमाथि विरोध


इटानगर, 28 मई (हि.स)। अरुणाचल प्रदेशको सियांग जिल्ला अधिनस्थ बोलेंगमा सियांग अप्पर मल्टीपर्पज मेगा पावर प्रोजेक्ट निर्माणलाई लिएर भइरहेको विरोध प्रदर्शनले झन् उग्र रूप धारण गरिरहेको छ। प्रदर्शनकारीहरूले जनसभालाई घेराबन्दी गरे। स्थानीय मानिसहरूको कड़ा आपत्तिपछि जनसभालाई रोकियो।

यो जनसभा गए मंगलवार सियांग जिल्लाको बोलेंगमा उपायुक्त कार्यालयमा आयोजना गरिएको थियो। यस जनसभामा प्रस्तावित 11000 मेगावाट सियांग अप्पर मल्टीपर्पज प्रोजेक्ट (एसयूएमपी)- को लागि प्री-फिजिबिलिटी रिपोर्ट (पीएफआर) सर्वेक्षणको लागि तैनाथ गरिएको केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ)-का कर्मीहरूको तैनाथीमाथि चर्चा गरियो।

सियांग स्वदेशी किसान फोरम (एसआईएफएफ)-ले ज्ञापन चढ़ाएर सियांग, अप्पर तथा पूर्वी सियांग जिल्लाबाट सीएपीएफ कर्मीहरूलाई तत्काल फिर्ता बोलाउने माग गरे। बेगिंग सर्वेक्षण स्थलबाट ड्रिलिंग मशिनहरूलाई हटाउने माग पनि गरियो साथै आश्वासन मागियो कि पीएफआरसित सम्बन्धित अब कुनै गतिविधि हुनेछैन।

प्रस्तावित जनसभा अवधि स्थानीय विधायक ओजिंग तासिंग त्यसबेला भाग्यले बचे जतिबेला प्रदर्शनकारीहरूको भीड़ले उनीमाथि आक्रमण गर्ने प्रयास गऱ्यो। विधायक ओजिंग तासिंगमाथि पनि महिलामाथि आक्रमक व्यवहार अप्नाएको आरोप छ जतिबेला बैठक गर्न उनीहरू त्यहाँ पुगेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande