खेतमा भेटियो किशोरको क्षत-विक्षत शव
खेतमा भेटियो किशोरको क्षत-विक्षत शव


दक्षिण 24 परगना, 28 मई (हि.स.)। दक्षिण 24 परगनाको गोपालपुर पञ्चायतको उत्तरपाड़ा क्षेत्रमा अवस्थित एक खेतमा बुधवार बिहान एकजना किशोरको शव भेटियो। खबर पाएपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो। सम्पूर्ण मामिलाको जाँचमा पुलिस जुटिसकेको छ।

जानकारी अनुसार मृतकको पहिचान अनारुल धाली (14)- को रूपमा भएको छ। अनुराग दक्षिण 24 परगनाको गोपालपुर पञ्चायत अधिनस्थ उत्तरपाड़ा क्षेत्रका हुन्। स्थानीय सूत्र अनुसार अनारूल गए मंगलवार राती आफ्नो घरबाट निक्लेका थिए, त्यसपछिदेखि तिनी घर फर्केका थिएनन्।परिवारका सदस्यहरूले रातभरि हरेक सम्भव स्थानमा खोजे, तर कहीँ पत्तो लागेन। बुधवार बिहान किशोरको क्षत-विक्षत शव खेतमा भेटियो। घटनाको सूचना तुरून्त पुलिसलाई दिइयो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो।

मृतकको परिवारको दाबी छ, किशोरको हत्या गरिएको हो। मृतक परिवारले दोषीहरूलाई चिन्हित गरी कड़ा सजाय दिने माग गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande