बंगलादेशीहरू विरूद्ध वीर लाचित सेनाको विरोध मार्च
बंगलादेशीहरू विरूद्ध वीर लाचित सेनाको विरोध मार्च


जोरहाट (असम), 28 मई (हि.स.)। असममा अवैध बंगलादेशी अनुप्रवेशकारीहरू विरूद्ध कारबाही गर्ने मागलाई लिएर वीर लाचित सेनाले जोरहाटबाट एक विरोध ऱ्याली शुरू गरेको छ जसबाट राज्यमा राजनीतिक एवं सामाजिक तहल्का तीव्र भएको छ। पारम्परिक अस्त्रहरूद्वारा सुसज्जित लाचित सेनाका सयकड़ौं सदस्यहरूले यस जन आन्दोलनको अगुवाई गरिरहेका छन्। प्रतीकात्मक हतियारहरूको साथमा निकालिएको यस मार्चलाई प्रदर्शन मात्र नभएर एक निर्णाक चरणको शुरूआतको रूपमा हेरिँदैछ।

लाचित सेनाले स्पष्ट पारेको छ, यो आन्दोलन त्यसबेलासम्म जारी रहनेछ जबसम्म लोकतान्त्रिक विरोधको अन्तिम सीमासम्म पुग्न सकिँदैन। संगठनका सचिव श्रृंखल चालिहाले भने, हामी त्यसबेलासम्म पछि हट्नेछैनौं जबसम्म सबै लोकतान्त्रिक बाटो अप्नाइनेछैन। यस आन्दोलनका मुख्य मांगहरूमा आजाद चौधरीको तत्काल पक्राउ अनि हिरासत सामेल रहेको छ जसलाई संगठनले राज्य विरोधी गतिविधिहरूमा लिप्त रहेको आरोप लगाइरहेको छ।

साथै लाचित सेनाले एक सार्वजनिक अपील जारी गरेर असमका हरेक कुनाका मानिसहरूसित आग्रह गरेको छ कि उनीहरूले जोरहाटमा पुगेर यस अभियानलाई थप ऊर्जा प्रदान गरून्। यस अतिरिक्त संगठनले बंगलादेशी नागरिक तथा अवैध अनुप्रवेशकारी घोषित मानिसहरूविरूद्ध अदालतको आदेशानुसार कारबाही गर्ने माग गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande