गान्तोक, 28 मई (हि.स.)। पाकिम जिल्लामा एक चौध वर्षीया नाबालिकमाथि भएको योन अपराधको अपराधी आज रम्फू पुलिस हिरासतबाट फरार भएको खबरलाई लिएर सिजिटन एक्सन पार्टी (सीएपी) को महिला परिषद्ले चिन्ता प्रकट गरेको छ। यस घटनाले सिक्किम पुलिसलाई फेरि एकपल्ट प्रश्नको घेरामा उभ्याएको सीएपी महिला परिषदले बताएको छ।
सीएपी महिला परिषदले आज प्रेस विज्ञप्तिमा भनेको छ, पुलिस प्रशासनमाथि आम जनताको प्रतिदिन कम्जोर बन्दै गएको विश्वासलाई आज रम्फू पुलिसको लापरबाहीले अझ ठुलो टेवा दिएको छ। नाबालिकमाथि यौन दुर्ववहार सानोतिनो अपराध होइन, जसलाई लिएर पुलिस प्रशासन यति लापरबाह बन्यो। पुलिस कर्मचारीहरूमाझ रेस्टरूमबाट एक संघिन अपराधी फरार हुनु लाज्यास्पद विषय हो, जसले पुलिस प्रशासनमाथि गम्भीर शंका उत्पन्न गरेको छ।
अर्कोतिर, सीएपी महिला परिषदले राज्यमा बढ्दो यौन दुर्ववहारका घटनाहरूप्रति पनि चिन्ता प्रकट गरेको छ। पार्टी राज्य सरकार महिलाहरूको सुरक्षालाई लिएर चिन्तित नरहेको आरोप पनि लगाएको छ। महिलाहरूले समाजमा सुरक्षित बाच्न पाउने अधिकार सरकारले सुनिश्चित गर्नुपर्छ भनी माग गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल