पूर्व राज्यपाल गंगा प्रसादको सम्मानमा दिवाभोजको आयोजन
पूर्व राज्यपाल गंगा प्रसादको सम्मानमा दिवाभोजको आयोजन


गान्तोक, 28 मई (हि.स.)। सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठ समारोहमा भाग लिन हिजो सिक्किम आइपुगेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पूर्व राज्यपालसॅंग शिष्टाचार भेट गरे।

मुख्यमन्त्रीले पूर्व राज्यपालको सम्मानमा दिवाभोज आयोजन गरेको आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्। यस अवसरमा सिक्किममा उनको अविस्मरणीय कार्यकाल, सिक्किमका जनतासँग उनको गहिरो सम्बन्ध र यस सुन्दर भूमिप्रतिको उनको स्थायी स्नेहको बारेमा लामो कुराकानी गरेको पनि उनले अवगत गराएका छन्।

मुख्यमन्त्रीले पूर्व राज्यपालको सुस्वास्थ्यको कामना गर्दै सिक्किममा सुखद बसाईको कामना गरेका छन्। उनले पूर्व राज्यपाललाई राज्यमा फेरि स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande