गुवाहाटी, 28 मई (हि.स.)। बुधवार एडभोकेट शमिमा जहाँले गाैहाटी हाई कोर्टको अतिरिक्त न्यायाधीशको रूपमा पद अनि गोपनीयताको शपथ लिइन्। हाई कोर्ट परिसरमा आयोजित एक औपचारिक समारोहमा गाैहाटी हाईकोर्टका मुख्य न्यायाधीश जस्टिस विजय विश्नोईले उनलाई शपथ दिलाए।
एडभोकेट शमिमा जहाँको यो नियुक्ति केन्द्र सरकारद्वारा 26 मई, 2025-मा जारी त्यस अधिसूचना अन्तर्गत गरिएको हो जसमा देशभरिका विभिन्न उच्च अदालतहरूमा सातजना अधिवक्ताहरूलाई न्यायाधीशको रूपमा नियुक्त गरिएको थियो। सुप्रीम कोर्टले वर्ष 2024- शमिमा जहाँको नाममा प्रस्तावना दिएको थियो।
यस अवसरमा केही गणमान्य अतिथि, न्यायाधीश, वरिष्ठ अधिवक्ता औ बारका सदस्यहरू उपस्थित थिए। सबैले न्यायमूर्ति शमिमा जहाँलाई शुभकामना दिए अनि उनको नियुक्तिलाई स्वागत जनाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा