राष्ट्रको प्रगतिमा सिक्किमको योगदानप्रति भारत गर्व गर्दछ: प्रधानमन्त्री
राष्ट्रको प्रगतिमा सिक्किमको योगदानप्रति भारत गर्व गर्दछ: प्रधानमन्त्री


गान्तोक, 28 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि, बिहिवार सिक्किम आइरहेका छन्। प्रधामन्त्रीले सिक्किमका जनतासॅंग भेट गर्न उत्सुक रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले आज एक्स पोस्टमा 29 मई बिहान लगभग 11 बजी सिक्किम@50 कार्यक्रममा भाग लिनका लागि सिक्किमका दिदी बहिनी र दाजु भाईहरूबीच उपस्थित हुन उत्सुक रहेको बताएका छन्। उनले राष्ट्रको प्रगतिमा सिक्किमको योगदानप्रति भारत गर्व गर्दछ भनी सिक्किमको सराहना पनि गरेका छन्। उनले सिक्किमको अद्वितीय संस्कृतिको व्यापक रूपमा प्रशंसा गरिन्छ भनी उल्लेख गरेका छन्।

मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्रीको एक्स पोस्टलाई आफ्नो आधिकारिक फेसबुक पेजमा साझा गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई गर्व र न्यानोपनका साथ स्वागत गर्न पाउॅंदा सम्मानित महसुस गरिरहेका छौं भनी बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande