गान्तोक, 28 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज राजधानीको रिज पार्कमा आयोजित गान्तोकको रिज पार्कमा आयोजना भइरहेको राज्यस्तरीय जनजाति महोत्सव र कला तथा शिल्प प्रदर्शनी र अन्तरराष्ट्रिय स्ट्रिट फूड फेस्टिवल विशेषता रहेको जनजाति गौरव वर्ष 2025 ‘सम्पदाको खुशी मनाउॅंदै' कार्यक्रमको भ्रमण गरे।
कला तथा शिल्पको आ-आफ्नो क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेका राज्यभरका स्थानीय उद्यमी र कारीगरहरूसँग भेटेर अन्तरक्रिया गर्न पाएकोमा मुख्यमन्त्रीले खुशी व्यक्त गरेका छन्। उनले उद्यमी र कारीगरहरूका रचनात्मकता, समर्पण र उद्यमशीलता भावनाको प्रशंसा गरेका छन्।
उद्यमीहरूले गरिरहेको पहल, आफ्नो प्रतिभा प्रदर्शन तथा गर्व र जोशका साथ आफ्नो कामलाई प्रवर्द्धन गरिरहेको देख्न पाउनु वास्तवमा प्रेरणादायी रहेको उनले बताएका छन्। मुख्यमन्त्रीले सबै सहभागीहरूलाई उनीहरूको भविष्यका प्रयासहरूमा निरन्तर सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल