श्रीरामपुरमा दिउँसै मासु व्यवसायीमाथि चक्कुले गऱ्यो हमलाए आरोपीको खोजीमा जुट्यो पुलिस
श्रीरामपुरमा दिउँसै मासु व्यवसायीमाथि चक्कुले गऱ्यो हमलाए आरोपीको खोजीमा जुट्यो पुलिस


हुगली, 28 मई (हि.स.)। हुगली जिल्लाको श्रीरामपुर थानान्तर्गत धर्मातला क्षेत्रमा एकजना मासु व्यवसायीमाथि दिउँसै चक्कुले हमला गरियो। घाइते मासु व्यापारीलाई पहिला श्रीरामपुर वाल्श अस्पताल लगियो जहाँ उनको गम्भीर अवस्थालाई देखेर कोलकाताको एसएसकेएम अस्पतालमा स्थानान्तरण गरियो। पुलिस सूत्र अनुसार घाइते मासु व्यापारीको नाम अब्दुल कुरैशी हो।

स्थानीय सूत्र अनुसार बुधवार अब्दुल आफ्नो पसल सामु उभिरहेका थिए। अचानक आरोपीले तिनीमाथि चक्कुले हमला गऱ्यो। आरोपीको पनि कुखुरुको मासुको पसल छ जसलाई अब्दुलले बन्द गराइदिएका थिए। पुलिसको प्राथमिक अनुमानमा आपसी शत्रुताको कारणले यो हमला भएको हो। आरोपीलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande