डब्ल्यूबीएसएससी नियुक्ति घोटाला : नयाँ भर्तीको लागि मसौदा अधिसूचनाको कानूनी जाँच अन्तिम चरणमा
डब्ल्यूबीएसएससी नियुक्ति घोटाला : नयाँ भर्तीको लागि मसौदा अधिसूचनाको कानूनी जाँच अन्तिम चरणमा


कोलकाता, 28 मई (हि. स.)। पश्चिम बंगाल स्कूल सेवा आयोग (डब्ल्यूबीएसएससी)- सित सम्बन्धित विवादित भर्तीलाई लिएर राज्य सरकारले नयाँ नियुक्ति प्रक्रियाको दिशामा निर्णायक कदम उठाएको छ। अधिसूचना जारी हुन अब मात्र 48 घण्टा बचेको छ जसलाई मध्यनजर गर्दै राज्य विधिक मामिलाका विभागीय अधिकारीले मसौदा अधिसूचनाको ध्यानपूर्वक जाँच गरिरहेको छ।

राज्य सचिवालयका एकजना वरिष्ठ अधिकारीले बताए, अधिसूचनाको हरेक शब्दको विधिक समीक्षा गरिँदैछ ताकि त्यसमा कुनै पनि प्रकारको कानूनी चुनौतीको सम्भावना नरहोस्। उनले भने, यसपालि नियुक्तिको सम्पूर्ण प्रक्रिया डब्ल्यूबीएसएससीको माध्यमबाट संचालित भए पनि त्यसमाथि मुख्यमन्त्री कार्यालय अनि विधिक विभाग विभागको प्रत्यक्ष निगरानी रहनेछ। सरकारको उद्देश्य हो, नयाँ नियुक्ति प्रणाली पूर्ण रूपले निष्कलंक अनि परादर्शी होस्।

अधिकारीले यो पनि जानकारी गराए, यसपालि पारदर्शिता सुनिश्चित गर्नको लागि केही विशेष कदम उठाइँदैछ जस्तै लिखित परीक्षामा उपयोग गरिएको अप्टिकल मार्क रिकग्निशन (ओएमआर) शीटलाई लामो समयसम्म सुरक्षित राखिनेछ साथै त्यसको मिरर इमेजलाई आयोगको सर्भरमा स्टोर गरिनेछ।

यस अतिरिक्त परीक्षार्थीहरूलाई आफ्नो ओएमआर शीटको कार्बन कपी आफूसितै राख्ने सुविधा पनि दिइनेछ जसबाट उनीहरूले परीक्षा प्रक्करियामाथि सन्देह गर्न नसकुन्।

गए मंगलवार साँझ मुख्यमन्त्री ममता ब्यनर्जीले घोषणा गरिन्, डब्ल्यूबीएसएससीको नयाँ भर्ती अधिसूचना आगामी 30मईमा जारी गरिनेछ। उनले यो पनि स्पष्ट पारिन्, ती शिक्षकहरू जसको नियुक्ति अवैध थिएन, तर सर्वोच्च न्यायालयको आदेशको कारणले उनीहरूको नोकरानी गयो,-उनीहरू पनि नयाँ परीक्षामा बस्नु अनिवार्य हुनेछ।

उल्लेखनीय छ, गत तीन अप्रेलमा सर्वोच्च न्यायालयले कलकत्ता उच्च न्यायालयको त्यस आदेशलाई कायम राखेको थियो जसमा 25 हजार 753 शिक्षकहरूको नियुक्तिलाई रद्द गरिएको थियो। साथै कोर्टले राज्य सराकारलाई निर्देश दिएको थियो आगामी 31 मईसम्ममा नयाँ नियुक्ति प्रक्रियाको अधिसूचना जारी गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande